हिमपातले कत्तै खुसी , कत्तै वेखुसी

हेमन्त केसी
काठमाडौँ ः कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भईरहदा कत्तै खुसी थपिएको छ भने कत्तैका नागरिकहरु वेखुसी भएका छन् ।


डोल्पा ठुली भेरी नगरपालिका कुम्ली स्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्नुहुन्छ , “ हिमपातले पुरै दिन पढाई नहुँने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीहरुले जाँच नै दिन प्रकृतीले पनि अवरोध गरेको छ , । ” ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिनुभयो ।
पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । विद्यार्थीहरु आगो बालेर परीक्षा दिन प्रयास गरेपनि सफल नभएपछि स्थगीत गरिएको हो ।

जुफाल स्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्य भएको छ ।

हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ । जुफाल विमानस्थलमा गएको समिट एयरको जहाज नेपालगञ्ज फर्कन नसक्दा विमानस्थलमै राकिएको छ । 
त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका , जुनिचाँदे गाउँपालिका , कुशे गाउँपालिकामा भारी हिमपात भएको छ । हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको काम समेत ठप्प भएको छ । उत्ता कृषकहरु भने खुसी भएका छन् । आकाशे पानीको भरमा लगाएको गहुँ, जौउ , तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरु खुसी भएका हुँन् । जिल्लाका सातै वटा स्थानीय तहका स्थानीयवासीहरु पानी परेका कारण हिउँदेवाली सप्रिने भन्दै खुसी भएको बारेकोट गाउँपालिका स्थित बीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिनुभयो । जाजरकोटका गाउँ , गाउँमा फोन सेवा समे अवरुद्ध भएको छ । 
जाजरकोट ,डोल्पाका आन्तरिक सडकहरु हिमपातले गर्दा अवरुद्ध भएको स्थानीय सरकारका प्रमुुखले बताएका छन् । आकाशे पानीको भरमा लगाएको बाली हिमपात भएपछि कृषकहरुमा भने खुसी थपिएको छ । उपल्लो डोल्पामा हिमपात अत्यधिक मात्रामा भएका कारण स्थानीयवासीहरु घरदेखि बाहिर निस्किन सकेका छैन्न । पिउने पानी समेत जमेका कारण हिउँ तताएर पगालि पानी प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

लगातार केही दिन देखि वादल लागेका कारण ग्रामीण क्षेत्रमा रहेका टावरमा शैर्यउर्जा (सोलार) चार्ज नहुँदा टावरहरु अवरुद्ध भएका हुँन् । टावर अवरुद्ध भएसँगै ग्रामीण क्षेत्रमा सम्पर्क टुटेको स्थानीय प्रशासनले बताएका छन् । यातायातको पहुँच नभएको ठाउँमा सञ्चालन हुँने घोडा, खच्चडहरु समेत विहानै देखि लगातार पानी परेका कारण रोकिएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । 
त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका – १ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ ।
शुक्रवार विहान देखी परेको वर्षाका कारण पहिरो जाँदा दल बहादुर परियारको घर समेत जोखिममा परेको छ । उक्त स्थानमा गएको पहिरो हटाउन सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी सहितको गाउपालिको टिम जुटेको प्रहरीले जनाएको छ ।
त्यस्तै स्थानीय प्रशासनले विपत प्रतिकार्य योजनालाई कडाईका साथ लागु गर्न आग्रह गरेका छन् । स्थानीय सरकार सँग समन्वय गरेर चिसोकै कारण कसैको पनि अकालमै ज्यान नजावस भनि हिमाली जिल्लाहरुमा उच्च सर्तकतामा रहन आग्रह गरिएको छ । समस्य भएको ठाउँमा तत्काल राहत र न्यानो कपडा वितरण गर्न समेत आग्रह गरिएको छ ।










