चौमासिक प्रगती बुझन मुख्यमन्त्री शाही जाजरकोटमा सुर्यको उदाउने, अस्ताउने समय हेरेर काम नगर्न आग्रह


हेमन्त केसी
जाजरकोट , कर्णाली प्रदेश मताहातमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितीमा चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सरकारको वजेट खर्च हुँन नसकेको गुनासो जनस्तरबाट आईरहेको बेला मुख्य मन्त्री शाही जाजरकोट आएर चौमासिक समिक्षा , प्रगती विवतरण बारे जानकारी लिनुभएको हो । विहान सुर्य कति वेला उदाउला र वेलुका कति वेला अस्ताउला भनेर नबस्न कर्मचारीलाई निर्देशन समेत मुख्य मन्त्री शाहीले दिनुभयो ।
प्रदेश मताहातका कार्यालयको विकास वजेट जनताको जनआकांक्षा अनुसार तिव्र गतीमा परिणाम निस्किने गरी काम गर्न समेत उहाँले आग्रह गनुभयो । साना आयोजनामा वोलपत्र आवह्वान नगरी काम गर्न र ठुला आयोजनामा मात्र वातावरणीय प्रभाव मुल्याकन गरेर काम गर्न समेत निर्देशन दिनुभयो । जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्नका लागि सङ्घीय सरकारको मताहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिनुभयो ।
६ दिन भित्र जिल्लाको प्रगती विवरण पेश गर्न समेत प्रदेश सरकारका मताहातका कार्यालयलाई आग्रह गनुभयो । प्रदेश सरकारको मताहातमा रहेका कार्यालयमा वजेट अभाव नहुँने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक मामिला तथा योजना मन्त्री प्रकास ज्वालाले बताउनुभयो । सवै कार्यालयमा अक्तियारी दिईसकेकोले काममा तिव्रता दिन आग्रह गनुभयो । कर्मचारी अभाव टर्नका लागि प्राविधिक जनशक्ति पठाएको र बाँकी अभाव भएको ठाउँमा पुर्ण पठाउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

जाजरकोटको ५० शैयाको स्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन गरिएको छ । मुख्य मन्त्री शाहीद्धारा आज उद्घाटन गरिएको हो । जिल्लामा एम्वुलेन्स नभएकाले सो एम्वुलेन्स पुर्ती गर्नका लागि छिटै पहल हुँने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । भौतिक पुर्वधार र सडक निर्माणलाई मुख्य प्राथमिकता दिन समेत आग्रह गरिएको छ ।
प्रदेश सरकारको मताहातमा रहेका सरकारी कार्यालयको अनुगमण समेत गरिएको छ । प्रदेशको वजेट कार्यान्वयनका लागि गाउँ , गाउँमा गएर अनुगमण , निरीक्षण गर्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गरिएको छ । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य गणेसप्रसाद सिंह , कृष्णा शाह , कौशिलावती खत्री , प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समेत सहभागीता रहेको थियो ।
आज नै जापानमा वस्ने नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पठाएका उपहार अर्थात किताव वोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको छ । भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिका भित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षा सम्म अध्ययन गर्ने ४ हजार ४ सय ५३ विद्यार्थीहरुलाइ उक्त उपहार अर्थात झोला हस्तान्तरण गनुभएको हो ।

छनोटमा परेका ४७ सामुदायिक विद्यालयहरु मध्य खलंगाको थाप्लेचौरवाट २८ विद्यालयका दुइ हजार तीन सय ५६ र स्याउलीवजारवाट १९ विद्यालयका दुइ हजार ९७ जना विद्यार्थीहरुलाइ मुख्य मन्त्री शाहीको अगुवाइमा कर्णाली प्रदेस सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल ,भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले झोला हस्तान्तरण गनुभएको हो ।
कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव वलसागर गिरी , कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीको पनि सहभागीता रहेको थियो ।










