प्रचण्डलाई पूर्व योद्धाको मार्मिक पत्र


आदरणीय कमरेड
हार्दिक अभिबादन
प्रचण्ड कमरेड नुरुको मृत्यु कथाको छोटो बर्णन गरेर पत्र लेख्ने अनुमती माग्दछु । गरिब नुरुको बाबाले मजदुरी गरेर एकदिन नयाँ कार किनेर घरमा पुगेछ बाबाले कार किनेर ल्याएको देखेर खुसी खुशी हुँदै नुरुले कारको छेउमा सारो पत्थरले कोरिरहेको रहेछ त्यो देखेर उसको बाबालाई बेसरी रिस उठेछ के लेख्दै छ त्यो नहेरेर बाबाले एउटा काठको दाउरा लिएर नुरुलाइ टाउकोमा बेस्सरी हानेछ चोट खप्न नसकी नुरु बेहोस भएछ तत्कालै अस्पताल पुगाइएछ अस्पताल पुगाउदा डाक्टरले नुरुलाई मृत घोषित गरेछ उसको बाबा र आफन्तले नुरुलाई अन्तिम श्रद्धाञ्जली गरेर घरमा फर्केछन नुरुको बाबाको अाँखा उसले पत्थरले कारमा कोरेको तिर परेछ नुरुले लेखेको रहेछ “ क्ष् बm जबउउथ क्ष् यिखभ थयग ाबतजभच “ यतिमात्र लेखेको देखेपछि नुरुको बाबा आमा कारभित्र पसेर आफ्नो कारमा आफै आगो लागाएर सपरिवार र त्यो कार समाप्त भएछ ।
हो त्यो कथाको चित्रण गरेर मैले सर्बप्रथम त इतिहासमा भुलेका तितरबितर यात्राको याद दिलाउदै सत्य तर अचम्म र आश्चर्यको कथामा तपाईंको नजर जान्छ या जादैन त्योत हजुरको नितान्त बैचारिक राजनीतिक दृष्टिकोणको कुरा हो । जसले जे कुरा गरेपनि नेपालको एउटा कालखण्ड तपाईंले नेपाली समाजमा देखिएको अत्यन्तै असमान्ताको खाडल पुरेर संमानताको सुदिन ल्याउने भीष्म प्रतिज्ञा गरेर दस बर्षसम्मको जनयुद्धको रेखांकन गर्नुभयो जस्लाइ तपाईंले नेपाली वर्गसंघर्ष भन्नुभयो लाखौं लाख नेपाली जनसमुदायको साथ सहयोग हजारौंको बलिदान सयौंको संख्यामा घाइते अपांग र बेपत्तापनि जनयुद्धको क्रममा भएको तितो सत्य हो त्यो हजुरले स्वयम् स्वीकार गरिसकेको कुरा हो ।
यतिबेला तपाइलाई यो पत्र लेख्ने रहर कदापी थिएन तर त्यो दशबर्षको जनयुद्ध र त्यसपछिको बितेका एक दशकलाई गहिरो अध्यन गर्दा मेरो अन्तर हृदयदेखिको भाबनाले मलाई समेत तपाईंको पछाडी लागेर जनयुद्धमा सरिक भएकोमा गलती महसुस हुन थालेपछि सानोतिनो पत्रको माध्यम बनाएर समाजको बास्तविकता सम्झाउने जमर्को गरेको छु ।
कमरेड लाग्थ्यो नेपाली वर्ग संघर्षको लामो इतिहास पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सम्पन्न हुन्छ र राजनीति आन्दोलन अन्त्यपछि शान्ती समृद्धि र बिकास अगाडि बढने छ त्यो किन हुन सकेन मलाई मात्रै होईन करोडौं नेपाली समाजमा उत्पन्न प्रश्न हो ? न्याय ,स्वतन्त्रता ,सम्मानता, स्वाभिमान र स्वाधीनताको लागी थालिएको वर्ग संघर्षलाई तपाईंले आफैं बारबार द्धन्दकाल भनेर भन्दै हिडनु हुन्छ खास के हो ? हामी सबैले भन्ने गरेको नेपाली वर्ग संघर्ष हो या तपाईंले आजभोलि भन्दै हिडेको द्धन्दकाल नै हो ? धेरै उत्सुकता उब्जाउन थाल्नु भएको छ ।
कुनै दिन तपाईंले देखाएको सपनाहरूको चाङ मेरो स्मृतिमा स्मारीका बनेर उभिन्छन त्यतिबेला म सम्झन्छु तपाईंलाई रोल्पा रुकुमका बस्तीमा गुन्द्रुकको झोलसग ढिडो र सिस्नाको सागसग मकैको रोटि खादै हुनुहुन्छ होला र वर्गसंघर्षलाई विजयको सिखरमा पुगाउन युद्धको योजना बनाउदै हुनुहुन्छ होला भनेर । जतिबेला म यस्तो सम्झन्छु तपाईंको पछिपछि लागेर सामन्तीका किल्ला तिर बन्दुकको नाल तेर्साएर लडिरहेका युबायुबती खाडी मलेसिया र कंगो जस्ता देशमा रुदै जिबनको एउटामात्र परिभाषा दिन सकिरहेका छैनन त्यतिबेला तपाईं कुनै खुंकार मानव अप्रादिसग बसेर मासु भात र लाखौँको परिकार सुर्की लगाउदै हराइ सक्नुभयो । त्यो तपाईंको पछिल्लो गतिविधिबारे तपाईंलाई अबगत होला ।
जतिबेला तपाईं र तपाईंको निर्देशनमा हिडिरहेका नेता कार्यकर्ता उत्पीडित समुदायको घरघरमा जनताको आँसु रगत पसिना संग दुख साटासाट गर्नुहुन्थ्यो गाउँगाउँ बस्ति बस्तिबाट छोटे सामन्त र बिचौलिया दलाललाई लखेटेर सर्बहारा जनताको सुन्दर सत्तालाई निर्माण गर्ने काममा तल्लीन थिए त्यतिबेला तपाईंको मायाले गरिब दुखिले तपाईंको तस्वीर पुजा गरेर बस्ने गर्नथाली सकेका थिए खै कहाँ नेर तपाईं र तपाईंको निर्देशनमा चल्ने नेता कार्यकर्ता तस्कर माफिया दलाल घुसखोर भ्रष्टाचारको थुप्रोमुनि पुरिएर निस्कनै नसक्ने भए बुझ्न सजिलोसँग सकिएको छैन ।
प्रचण्डको जिबनस्तर र पुष्पकमल को जिबनस्तर धेरै फरक देखिन्छ हिजो कुनैदिन युद्ध मोर्चाका गोलीद्वारा घाइते कमरेडलाई उपचारका लागि मिनेट समय नलाग्ने तपाईंको योजना आज तपाईंको पार्टीको सरकार र तपाईंले बनाएको गृहमन्त्रीको अगाडि बीस पिउने अवस्था आउँदा समेत तपाईं बेखबर हुनुहुन्छ किन ? कित तपाईं कुनै माफीको जेलभित्र बन्देज हुनुहुन्छ ? कि तपाईं कुनै खुपिया हरुको कालोपट्टी बाधेर केही देख्नै नसक्ने अबस्थामा पुगिसक्नु भएको छ अनिवार्य तपाईंले जनताको अगाडि ईमानदार बनेर भन्देको भए स्पष्ट थाहा त हुनेथियो ।
तपाईंले कुनै बार भन्नुहुन्छ म वास्तविक माओवादी होइन हुनत तपाईंको स्तरबाट यतिसम्म भनेपछि मजस्तै लाखौंको दिमागले बुझिसक्नु पर्ने थियो मेरो पनि गलती नै हो असत्य भित्रमानै सत्य तथ्य खोज्न पर्छ भन्ने माक्र्सवादी चिन्तन दृष्टिकोण अनुसार तपाईंको हरेक पाइलामा एउटा अजङ्गको प्रश्न छ त्यस्को उत्तर तपाईं बाहेक अरुले दिनसक्ने हिक्मत छैन तपाईंले कतिजनाको नाम सुन्नु भएको छ तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा पुगाउन युद्धको अग्रगामन लडाइँ लडेका जनमुक्ति सेनाहरुले आत्महत्या समेत गरिसकेको कुरा “प्रचण्ड“ कमरेड कतिपय बेला म यतिसम्म भाब बिभोर बन्छु तपाईंको कारणले नेपालको एउटा पुस्ता पछि धकेलिएको छ र वर्गसंघर्ष भनेपछि युवाहरूलाई नारकिय र पासबिक्ताको रक्तकुण्ड ढल्किने गर्न थालेको छ ।
तपाईंले नेपाली वर्गसंघर्षको बिटमारेर ल्याएको संविधानले राष्ट्र जनताको कहाँ कति भलाई गरेको छ त्यो चौतर्फी अनुभव हुन थालेको छ कहिलेकाही प्रश्न सोध्दा ?
तपाईंका केही सिमित नेता कार्यकर्ता भन्छन् राजतन्त्रको अन्त्यत भयोनी । भ्रष्टाचार घुसखोर,तस्कर बढेको छ किनत ? फेरि सोध्ने हो भने भन्नुहुन्छ संक्रमणकालमा यत्तिको हुनेगर्छ बिस्तारै हुन्छरे? त्यसोत सत्तामा पुगनकोलागी कुनै संक्रमणकाल हुदोरहेन्छ ।
वा कमरेड कुनैदिन तपाईंको टाउको काटेर बुझाउने लाई पाँच करोड इनाम तोक्नेहरुसग चुनाबमा तालमेल समेतगर्न लाज लागेन आफन्तलाई सरकारमा पुगाउने काम गर्न हुनत तपाईंलेनै आफैं महाकाली सन्धिका सुत्राधार राष्ट्रघाती भनेर भन्नेसग पार्टी एकता समेत गरिसक्नु भएको छ हामिलाइ डहा आक्रोश तपाईंको आफन्त नातागोता सत्तामा पुगेको तपाईंको ठुलो पार्टी भएको होइन तर तपाईंले थालेको बाटो गणतन्त्रको मुकुण्डोभित्र आतताही राणा र पन्चायतको दुर्गन्धले नेपाल राष्ट्र भयावहको स्थितिमा पुगेको छ ।
जनताको लागी भनेर रगतको इतिहास अन्तिम बिन्दुमा नपुग्दासम्म जनताको साझा शक्ति विघटन नगरौं भन्दाभन्दै जनमुक्ति सेना हतियार बिदेशी शक्तिका सामु बुझाउदै कुर्सीमा रमाइलो रमिते रतेउली नाच्ने दिनसम्म एउटा बिपिको आत्माकथाको इतिहास भुल्नुभएन बिपिले मुक्ति सेना विघटन गरेर महेन्द्रको चडकन पाउनु भएको हो तर तपाईंले जनमुक्ति सेनालाई विघटन गरेर प्रतिक्रियावादी दलाल माफिया खुपिया एजेनसिबाट दिनहुँ जसो चडकन पाइरहेको यतिबेला कत्तिको बोध छ होला सायद जनमुक्ति सेना र क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको भए तपाईं असफल माक्र्सवादी राजनीति कार्यदिशाको सफल कार्यदिशा र सपÞmल नेर्तित्व हुने कुरामा दुइमत थिएन ।
तर तपाईंले जनताको सम्पति बिदेशी सामु नस्ट गरेर त्यहीँ सर्बहाराबर्गको जनताको बर्गबैरी ब्यबस्था अङ्गाल्न जानुपर्ने स्थितिमा कसरी पुग्नुभयो त्यो जनताको लागि दुर्भाग्यनै हो होइनर ।
एउटा स्मरणीय कुरा तपाईंले तपाईंको वर्गसंघर्षका दौँतरीलाई बन्दुकको मोहरिले प्रतिबन्ध लगाउन कसरी सक्नुभयो त्यो अनौठो कुरा छ कस्ले गर्न लगायो त्यो रहस्यमय छ यदी तपाईंले ल्याउन खोजेको जनबादी गणतन्त्र तपाईंले ल्याउन नसकेपछि तपाईंको गुरु र चेलाले ल्याउन खोज्नु के अप्राद होला त ? पक्कै होइन होला।
यसबाट म लागाएत लाखौं युबहरुले के बुझ्न सक्छौ भने तपाईं र तपाईंको वरिपरि बस्ने चम्चा चिलिमे हुक्के र बैठकेहरुको ब्यबस्था नेपाली जनताको हितमा र तपाईंको हितमा नभएको स्पष्ट हुनथालेको छ कमरेड तपाईंले आफ्नै दौँतरी र सहपाठी माथिको बन्दुके दादागिरीले तपाईंकैलागी तपाईंको हिड्ने बाटोमा बमका बिस्कुन फिजिनु सरह होईनर अत्यन्तै घमण्ड र चरम महत्वाकांक्षीले हिजो कुनैदिन हिटलर जस्ता शक्तिशाली सासकले समेत आत्महत्या गरेको इतिहास ताजै छ नुरुको मृत्यु कथामा हृदयबिदारक कहानी भन्न उपयुक्त लाग्यो त्यसैले तपाईंको नेर्तित्वगरेको वर्गसंघर्षमा लागेर अहिलेसम्म घरन घाटको जिन्दगीमा पुगेका हजारौं ईमानदार कार्यकर्ताले तपाईंको नेर्तित्वमा बनेको सरकारकै मन्त्रीका अगाडि आत्महत्या गर्ने प्रयास गर्नु र अर्को्तिर हजारौं जनमुक्ति सेनाहरु अयोग्यको बिल्ला भिरेर नारकिय जिबन जिउन बाध्य हुनुपर्ने स्थिति नत त्यो बिप्लपले ल्याएका हुन नत मोहन बैद्ययले ल्याउनु भएको हो यसको सम्पूर्ण जिम्मेवारी तपाईंले अनिवार्य लिनुपर्छ जब तपाईंले यो समस्याको हलगर्न सक्नु हुन्न तबसम्म तपाईं जतिसुकै राष्ट्रको शक्तिशाली नेता बन्नुहोस तपाईंको इतिहासमा कालो इरेजरको धब्बा लागि रहने छ जसको कारण बिषपिउने र आत्महत्या गर्ने बाकी पालो तपाईं र तपाईंको वरिपरि बसेर माफियाको सेवामा समर्पित राजनीति अँखा झिम्काउनेहरुको आउने दिन अबष्य आउने छ।
तपाईंले पढ्न पाउनुभयो या भएन तपाईंले गुहारेका अन्तर्रा्ष्ट्रिय अनमिन र तिनीहरुले तोकेका अयोग्य जनमुक्ति सेना कसरी बसेका होलान् समाजमा हिजो गाउँ शहरमा गरिबमाथी ज्याजती गर्ने मुखिया जिम्मुवाल जमिनदारलाई तपाईंले लखेट भन्दा बन्दुक र खुकुरीको धारले लखेटिएका सामन्तहरु फेरि उस्तै बिगबिगी गरिरहेका छ्न हिजो बन्दुकले भगाउने मनसरा धनबहादुर बबिता त्यहीँ भ्रष्टाचारिको मेलोमा मजदुरी गरेर छाक टार्दै छन यतिबेला मैले तपाईंलाई “सोध्न खोजेको यहीं हो त्यो जनमुक्ति सेना अयोग्य होकि उहीँ पुरानै स्थितिमा पुगाउने तपाईं हो अयोग्य “उत्तर छ भने स्पष्टता सुन्न मन छ । कमरेड तपाईंका बैठकेहरुको कुराले आक्रोशित ज्वाला निभ्नु कठिन छ।
तपाईंले ल्याउन खोजेको जनबादी गणतन्त्र यो बाटो कदापी सम्भब छैन।एकपटक अझै सोचनुहोस सुकुम्बासी समस्या अभाव भोकमरी शिक्षा स्वास्थ रोजगार कुनै माफियाको कब्जामा छ र तपाईं त्यो माफियाको जालोभित्र पसि सक्नु भएको छ अझै उम्कने कोसिस गर्नुहोस् र जनबादी राज्यसत्ताको निर्माण गरेर बैज्ञानिक समाजबादमा पुगनेहरुको साथमा जाने संकल्प गर्नुहोस्
उही तपाईंको पुरानो
सुभचिन्तक संसारसेन पृतक हाल मलेसिया










