दिवसका दिन मात्र होइन, अन्य दिन पनि अभियान चलाउनुपर्छ ः उपाध्यक्ष शाही


कालीबहादुर नेपाली जाजरकोट । बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाहीले दिवसका दिन मात्र होइन अन्य समय पनि अभियान चलाउनुपर्ने बताएकी छन् ।
मंगलबार १६ दिने लैगिंक हिसां विरुद्धको समापन कार्यक्रममा लिम्सामा बोल्दै हामी दिवसका दिनमा मात्र समान हुनुपर्छ भन्दै नारा लगाउछौँ । तर जुनसुकै समयमा पनि अभियान चलाउन आवश्यक रहेको बताएकी हुन ।
उनले, भनिन् “जिल्लाको दुर्गम मानिएको गाउँपालिका भनेकै हाम्रो गाउँपालिका हो ।

यहाँ अहिले पनि महिला माथी विभिन्न खालका हिंसा हुनुन्छन् । र ति घटना न्यायिक समितीमा पनि आउँदैनन् यसले गर्दा हामीले हिंसा पालेर बसेका छौँ ।”
दिवसका दिन मात्र नभई अन्य दिनमा पनि विभिन्न अभियान थाल्ने र हिंसा सहेर नबस्ने तथा बस्न नदिने उनको भनाई छ ।

महिला र पुरुषमा समान ज्याला अहिले पनि पाउँदैनन् काम गर्ने वेला महिलाले पुरुषको भन्दा बढि गरेका हुन्छन् तर उनीहरुले पुरुषको भन्दा हाप ज्याला पाउने गरेका छन् । यसलाई पनि हामीले रोक्न आवश्यक रहेको उनले बताइन ।

आफ्नो कार्यकाल रहुन्जेल हिंसा विरुद्धमा गाउँपालिका बाटै अभियान थाल्ने समेत बताएकी छन् । बारेकोटका महिला अहिले पनि अभियानमा नभई घरको काम भन्दामा व्यस्त हुन्छन् । यसले गर्दा महिलाको अधिकार सुनिश्चित हुदैन हामी आफै आफ्नो अधिकारका लागि जागरुप हुनपर्ने आवश्यक रहेको बताइन ।
गाउँपालिका भित्रका सबै दिदीबहिनीलाई हिंसा सहेर नबस्न आग्रह समेत गरिन । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा गाउँपालिका भित्र विभिन्न कार्यक्रम गरी मनाइएको छ । समापन कार्यक्रममा बारेकोट गाउँपालिका भित्रका महिलाहरुको सहभागीता रहेको बताइएको छ ।








