महिला कबड्डी : नेपाललाई ऐतिहासिक रजत

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ ।

हल्चोकमा सोमबार भएको फाइनलमा भारतसँग पराजित हुँदै नेपालले रजत जितेको हो । नेपालले सागमा पहिलो पटक रजत जितेको हो ।

स्वर्ण जित्ने लक्ष्य लिएको नेपाल भारतसँग ५१-१८ ले पराजित भएको थियो । महिला कबड्डीमा श्रीलंका र बंगलादेशले कास्य जित्यो ।

पुरुषतर्फको स्वर्ण भारतले जित्यो । फाइनलमा भारतले श्रीलंकालाई ५१-१८ ले पाखा लगायो ।

पाकिस्तान र बंगलादेशले कास्य जित्यो ।





error: Content is protected !!