प्रहरीको क्यान्टिनमा आगजनी, निशेधित क्षेत्र घोषणा

ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरीएको छ । कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरीएको हो । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ ।
सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीमाथी प्रहरीले दमन गरेको भन्दै ईप्रका कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरीएको हो । अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरीसकेको छ । प्रहरीले चलाएको गोली लागी दुई विद्यार्थी गम्भीर घाईते भएका छन भने सयौं विद्यार्थी घाईते भएका छन ।
अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर १ दर्जन बढि प्रहरी घाईते भएका छन । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा सयौं प्रहरी परिचालन गरीएको छ ।
आईतबार विद्यालयतर्फ जार्दै गरेकी एक छात्रालाई ट्रकले किचेको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।








