प्रेस संगठन जाजरकोटको एकता भेला सम्पन्न , केसीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन

जाजरकोट , २१ मंसिर ः नेपाल कम्यूनिष्ट पाटी (नेकपा) निकट पत्रकारहरुको संगठन , प्रेस संगठन नेपाल जाजरकोटको एकता भेला सम्पन्न भएको छ ।
भेलाले हेमन्त केसीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको सहसंयोजकमा भरत शर्मा रहेका छन् । ७ सदस्यीय सचिवालय समिति समेत गठन गरेको संयोजक केसीले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादी निकट पत्रकारहरुको संस्थागत सचिव रहेका केसी राष्ट्रिय समाचार समितिमा लामो समय देखि कार्यरत छन् ।
नेपालपोष्ट खवर डट कमका प्रधानसम्पादक समेत रहेका केसी विगत १५ वर्ष देखि पत्रकारितामा सक्रिया रहेका छन् ।
कार्यक्रममा संगठनका कर्णाली प्रदेश संयोजक बीरबहादुर गिरी , नेपाल पत्रकार महासंघ , कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माको विशेष सहभागिता रहेको थियो ।








