दल एकताको काम अन्तिम चरणमा

डोल्पा , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोल्पाले एकताको काम अन्तिम चरणमा पुगेको बताएको छ । आठ स्थानीय तह मध्य अहिले एकताको काम वडा कमिटिमा मात्र बाँकी रहेपनि अधिकांश ठाउँमा सम्पन्न भएको जिल्ला इञ्चार्ज हंशबहादुर शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका , काइके गाउँपालिका को पार्टी एकिकरण पूर्ण रुपमा सम्पन्न भएको छ । त्यस्तै छार्का ताङसोङ गाउँपालिका, ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका , काईके गाउँपालिका धेरै वडा कमिटीहरु बनिसकेको र गाउँ तथा नगरकमिटी पूर्ण गर्ने प्रयास भैरहेको (नेकपा) डोल्पाका इञ्चार्ज एवम् केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!