दैलेखमा रोजगार बैंकमार्फत गाउँमै रोजगारी

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकाले बेरोजगार युवा युवतीलाई गाउँमा रोजगारी दिने उद्देयश्यले रोजगार बैंकको स्थापना गरेको छ।

कामको खोजीमा बाहिरिने युवा जनशत्तिलाई रोजगार बैंकमार्फत गाउँमै रोजगारी दिएको छ। मंगलबारबाट सुरु गरिएको रोजगार कार्यक्रमका लागि एक वडाबाट २० जनाका दरले गाउँपालिकाका सात वडाका १४० जना युवालाई रोजगारी दिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।

पछिल्लो समयमा गाउँमा डोजर आतंक चलिरहेका बेला भगवतीमाइले डोजरको साटो गाउँमा बेरोजगार युवा युवती बिदेसिनबाट रोक्ने र आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यका साथ यस्तो योजना ल्याएको थापाले बताए।

गाउँपालिका अध्यक्ष थापाका अनुसार गाउँपालिकाले २ करोड रकम विनियोजन रोजगार बैंकमार्फत युवालाई काम दिने कामकाे सुरुवात गरेको बताए।

उनले प्रदेश सरकार, संघीय सरकारले सहयोग गरेमा गाउँमा बेरोजगार रहेका सम्पूर्ण जनशक्तिलाई रोजगारी दिने उद्देश्य स्थानीय सरकारको रहेको पनि बताए। एक वडाबाट २० जनाका दरले गरी १४० जनाले आफ्नो कार्यकाल रहने बेलासम्म रोजगारी पाउने अध्यक्ष थापाले बताए।

उनले कामदारले नेपाल सरकारले तोकेअनुसार पारिश्रमिक पाउनुका साथै रोजगार बैंकमार्फत काम गर्ने कामदारको दशलाख जीवन बिमा गरिने बताए।




सम्बन्धित समाचार


error: Content is protected !!