मन्त्रीद्धयको कर्णाली प्रदेशका बिभिन्न आयोजनाको निरीक्षण ः नलगाड ,जगदुल्ला जलविद्युत आयोजना छिटो बनाउ

हेमन्त केसी
जाजरकोट ,  सरकारले नलगाड जलविद्युत आयोजनाको निर्माणका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरे लगत्तै उर्जा मन्त्री वर्षमान पुन र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत आज आयोजना निर्माण स्थलमा पुग्नुभएको छ ।
आयोजनाको डिपिआर करिव , करिव सकिन लाग्दा मन्त्री द्धयाले डोल्पाको जगदुल्ला जलविद्युत आयोजना र नलगाड जलविद्युत आयोजनाको हवाई मार्गबाट अनुगमण गर्दै निर्माण स्थलमा स्थानीयवासी सँग अन्तरक्रिया समेत गरेका छन् ।
मन्त्री शक्तिबहादुर बस्नेतले आयोजना निर्माण हुँदा जनताको भावनाको सम्मान गरिने बताउनुभयो ।

जाजरकोट बारेकोट गाउँपालिका –८ सेपुखोलामा भएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भन्नुभयो , “ यहाँ केही चलाख व्यक्तिले मुआव्जाको विषयमा नचाहिदो अड्को थापेका छन् , जाजरकोटको गरिवी अन्त्य गर्ने आयोजना रुपमा हामीले यसलाई बुझेका छौँ , जाजरकोटका यूवाहरुलाई रोगजारी ज्ञयारेन्टी गर्ने आयोजना हो योे ।” त्यस्तै उर्जामन्त्री वर्षमान पुनले आयोजना निर्माणका लागि पहल जारी रहेको बताउनुभो । आजै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना स्थलमा बोल्दै उर्जा मन्त्री पुनले स्थानीयलाई १० प्रतिशत शेर दिने बताउनुभयो । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले त्रिवेणी काईगाउँ मोटरबाटो १ वर्ष भित्र सुरु गर्ने बताउनुभयो ।
कर्णाली प्रदेशको सामरिक महत्वको रुपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चीलो हुँनुका साथै सजिलो समेत भएको उर्जा विज्ञको तर्क छ । केही दिन अघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई निर्माण गर्नका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह पछि जापानी व्यवसायी एवम् जाइकाले नलगाड जलविद्युत आयोजना निर्माणका लागि इच्छा समेत देखाएको छ ।
आयोजना निर्माणका लागि रु १२३ अरव लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानीत लागत रु ५६ अरव लाग्ने आयोजनाले बताएको छ । ६.५ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिईएको छ । आयोजनाको वाध भरिदा ४७४ करोड घनमिटर पानी भण्डारण हुँने र जुन समुन्द्र सतह देखि १ हजार ५ सय ८० सम्मको उचाईमा पुग्ने छ । ५४५ मिटर चौडाई र २१० मिटर अग्लो जलाशय हुँने छ । ८ हजार ३ सय मिटर लामो भुमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत उत्पादन हुँने डिपिआरमा उल्लेख छ ।
सरकारले आयोजना प्रभावित ६५७ घरपरिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ । आयोजनाले पार्ने वातावरणीय एवम् जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् ।
आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ । आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवम् रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ । आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका – ७ दल्लीमा भुमिगत रुपमा निर्माण हुँने विद्युत उत्पादन गृहको अवस्था (कम्जोर, जटिल) पत्ता लगाउनका लागि सुरुङको काम चलिरहेको छ । ३० महिना भित्र निर्माण कार्य पुरा गर्ने भनि गरिएको सम्झौता सकिएर , थपिएको ६ महिना सम्म म्याद गुर्जिदा सम्म अझै डिपिआरको काम पुरा हुँन सकेको छैन् ।

यस्तै जाजरकोट र डोल्पाको सीमामा निर्माण हुन लागेको जगदुला जलविद्युत् आयोजनाको मुआब्जा वितरण प्रक्रियाको बारेमा समेत सो अवसरमा छलफल भएको थियो । जिल्ला प्रशासन कार्यालय डोल्पाले गत असोज १७ गते एक सूचना मार्फत २८० जग्गाधनीलाई मुआब्जा लिन आउन आग्रह गरेको थियो ।
आगामी पुसभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार हुनेछ । डिपिआर तयार भएपछि सो आयोजनाका प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी छ । आयोजनाको क्षमता शुरुमा ३०७ मेगावाट भनिएपनि जटिल भूगोलका कारण क्षमता घटाएर १०७ मेगावाट बनाउने तयारी छ । विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको सो आयोजनाको समेत लगानीका लागि विभिन्न ढाँचाका बारेमा छलफल भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले सो आयोजनाको डिपिआर तयारी गरिरहेको छ ।
आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा बाँध निर्माण गरिनेछ । सो आयोजना प्रभावित मध्ये पहिलो चरणमा २४० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना आगामी ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब ६ किलोमिटर लामो भूमिगत सुरुङ निर्माण गरी इलमा निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन हुनेछ ।
डोल्पाको जगदुला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलशययुक्त बाँध निर्माण हुनेछ भने उक्त बाँधको चौडाई १०० मिटर हुनेछ । उत्पादित विद्युत् जाजरकोटको नलगाड नगरपालिका–७ दानीपीपलमा रहेको ४०० केभी प्रसारण लाइनमा जोडिने छ । दुवै विद्युत् आयोजना निर्माणका लागि १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आजै मात्र सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ।
सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गनुभएको हो ।
मौसमअनुसार जोखिमको सम्भावना पुग्न सक्ने क्षतिका बारेमा जानकारी लिन राडारले दिने भएकाले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने छ ।
‘पहिले मानिसहरू आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो,’ मन्त्री पुनले भन्नुभयो , “बरु यसले दिने सूचनाहरू जनताको कानसम्म सहजै पुग्ने वातावरण मिलाउनु जरूरी छ। ” २०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्यौलका कारण सञ्चालनमा आउन सकेको थिएन।
यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सिइसी)ले संकलन गर्दै आएको थियो। सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया चलेको छ। अब सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिनेछ । संकलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्नेछ ।




सम्बन्धित समाचार


error: Content is protected !!