गर्भवतीको उद्धार

जाजरकोट , सुत्केरी हुँने मिति भन्दा आधा महिना अगाडी नै सुत्केरी हुँने वेथा लागेर निरन्तर रक्तश्राव हुँन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीय कमला तिरुवालाइ हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
पुसको पहिलो हप्ता मात्र सुत्केरी हुँने मिति भएको बताउने उहाँलाई सोमवार देखि सुत्केरी वेथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो । अहिले सम्म स्वास्थ्य संस्थामा पाईला सम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज विहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिनुभयो ।
तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो । यो सहित जाजरकोटमा ८ जना गर्भवतीको उद्धार गरिएको छ ।










