भेरी बबईबाट कर्णालीलाई ५० प्रतिशत रोयल्टी – मन्त्री पुन


हेमन्त केसी
सुर्खेत ःभेरी बबई आयोजना निर्माण स्थलका जनताले तीन प्रकारको मुआव्जा पाउने भएका छन् । लालपुर्जा भएर थाकथलो छोड्न लागेका स्थानीयवासीले शतप्रतिशत मुआव्जा पाउने छन् भने लालपुर्जा नभएको तर फिल्डवुकमा भएको स्थानीयले ९० प्रतिशत मुआव्जा उपलव्ध गराईने छ । त्यस्तै लालपुर्जा र फिल्ड वुक दुवैमा नभएका स्थानीयवासीका लागि मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार ६० देखि ७० प्रतिशत मुआव्जा दिईने उर्जा सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले बताएका छन् । सरकारले कसैलाई पनि असमान रुपमा उठिवास नगर्ने उनको भनाई छ ।
ईआए प्रतिवेदनक आधारमा सर्वसाधारणको व्यवस्थापन गरिने उनले जोड दिए । सिप भएका स्थानीयलाई आयोजना स्थलमा कामको सुनिश्चितता गरिने समेत बताएको छ । कर्णाली प्रदेशमा ३९ प्रतिशत भुभाग विद्युतिकरण भएको भन्दै मन्त्री पुनले कर्णाली एक्लैले ६ प्रतिशत आर्थिक वृद्धीदर कार्यम गरेको भन्दै प्रशंसा समेत गनुभयो । उत्पादित विजुलीबाट वार्षिक रुपमा ५० प्रतिशत रोयल्टी दिने घोषणा गरेका छन् ।
सोमवर सुर्खेतमा आयोजनाको मुहानको ड्याम शिलान्यास गर्न आइपुगेका मन्त्री पुनले कर्णालीका जनताकै लागि आयोजना बनाइने र कुल गार्हस्थ उत्पादनको एक प्रतिशत बढ्ने भएकाले मन सानो नगर्न स्थानीयलाई आग्रह गरे ।
भेरीको पानीको अग्राधिकार शेयरमार्फत सुनिश्चित हुने गरी कम्पनी मोडलमा अगाडी बढाएका छौं मन्त्री पुनले भने , “ प्राकृतिक श्रोतबाट आउने रोयल्टीबाट आउने २५ प्रतिशत स्थानीय तह, २५ प्रतिशत प्रदेश सरकारलाई आयोजना बनेपछि उपलव्ध गराईने छ । आयोजना निर्माण कार्यलाई जती अवरोध गरियो त्यति घाटा हुँने छ , । ”
उनले कर्णालीका जनताको विद्युत उत्पादनमा कम्तीमा पनि ६ अर्ब लगानी गर्ने गरी आयोजना अघि बढेको बताउदै विद्युतको १४ अर्ब लगानी मध्ये प्रदेशको २ अर्ब ८० करोड, १ अर्ब ४० कर्णालीका स्थानीय जनताको, कर्णालीका स्थानीय तहको १ अर्ब ४० करोड, स्थानीय तहको ७० करोड गरि ६ अर्ब बराबरको रुपैंया कर्णालीको लागत हुने गरि आयोजना अघि बढ्ने समेत बताउनुभयो । ३४ अर्व लागनीमा आयोजना निर्माण हुँन लागेको दावी गनुभयो ।
कर्णालीलाई विद्युत प्राप्त हुन्छ भने बाँके , बर्दीयालाई कृषि क्षेत्रमा सफलता मिल्ने उहाँले दावी गर्नुभयो । कुल गृहस्त उत्पादनको १ प्रतिशत उत्पादन यो आयोजनाबाट बाँके र वर्दीयबाट लाभ लिन सकिन्छ । तपाईलाई कही न कही यो आयोजना निर्माण पछि लाभ हुँने भन्दै मन्त्री पुनले सानो मन नगर्न र राष्टिय हितका पक्षमा लाग्न समेत निर्देशन दिनुभयो ।
बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्मको १२ किलोमिटर सुरुङमार्फत् भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याईने आयोजनाको लक्ष्य छ। यस्तै, उक्त पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरिने छ।
भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्र १२ किलोमिटर सुरुङ खन्ने काम जारी छ। आयोजना निर्माणका लागि चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)’सँग सन् २०१५ को जुलाई ४ मा सम्झौत भएको थियो। हालसम्म सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।
सुरुग निर्माण गर्नका लागि अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो। टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झण्डै ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको चौडाइ ५.६ मिटर रहेको छ। १२ किलोमिटर सुरुङ निर्माणका लागि ३४ हजार सेग्मेन्ट हो ।








