प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित शिक्षण अस्पतालको सीसीयूमा भर्ना भएका छन् । अत्यान्तै बढी पेट दुखेपछि प्रधानमन्त्रीलाई बिहान ९:३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस देखिएको वरिष्ठ चिकित्सक प्रेमराज ज्ञवालीले जानकारी दिए । अहिले प्रधानमन्त्रीको अपरेसनको तयारी भएको ज्ञवालीले बताए ।
प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौलाको कार्यक्षमता घटेका कारण ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको चार पटक डायलायसिस गरिएको छ ।










