दोश्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न

धिरज उपरकोटी
गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ ताकुकोट को माईभगवती मन्दिर परिसरमा दोस्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ।
मंसिर ७ गते राती र ८ गते दिउॅसो गरि दुई दिन सम्म चलेको न्वागी महोत्सवको मुल नारा ूकृषि, पर्यटन र संस्कृति समृद्ध ताकुकोटको आधार थियो।

महोत्वसमा जनताका गायक जीवन शर्मा ले झरनाको चिसो पानी, सिमली छायाँ बसि भरिया लामो सास फेरेको ।।।, लगायत को गित ले रात्रीकालिन माहोल तातेको थियो। चर्चित हास्यकलाकार चर्चित लोकगायक संजय गुरुङले दरौदिको पानीले हुर्किएको म ।।।मायाले दिएको सिरमला । गायक पृथ्वी गुरुङ, हेमन्त आले,पवन गुरुङ, को गायकिले सबै लठ्ठीएको थियो। गायिकाहरु सुनिला गुरुङ, बेलिमाया गोर्खाली, सुमित्रा लामा लगायतको राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुतिमा महोत्सव को भव्यताका देखिन्थ्यो । चर्चित रोमा न्यौपानेको एक खुट्टाको नृत्य ले सबैलाई अच्चमित पारेको थियो। दिपक विश्वकर्मा को सारङ्गी धुन सॅगै कालापानी र लिपुलेखको ब्यथा ले दर्शकको रौ सिरिङ्ग बनाएको थियो।
वडा नं ५ र ६ स्तरिय मेमोरि नृत्य प्रतियोगिता साथै महिलारपुरुष दौड प्रतियोगिता भएको थियो । स्थानिय कला संस्कृति र नृत्य, पञ्चे बाजाको रौनक बिशेष खालको थियो साथै भुमी भट्ट समाजको खेलाडिको भोजन चुट्का क्याउरीपनी मगर समुहको मारूनी चुट्का एक्दमै रमाइलो माहोल थियो

बारपाक सुलिकोट गाउँपालिका ६ नं वडा कार्यालय ताकुकोट, गोरखा(ताकुकोट सेवा समाज,काठमाडौं र श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्धन समितिको संयुक्त आयोजनामा भएको दोश्रो ताकुकोट न्वागी महोत्सव( २०७६ को सहआयोजक रुपमा ५ नं वडा कार्यालय ताकु माझ लाकुरिबोट, समृद्ध ताकु युवा समाज काठमाडौं, दीपशिखारपुष्पाञ्जलि युवा क्लब ताकुकोट, ताकुकोट नेवार समाज गुठी साथै अन्य क्लव र संघ संस्था रहेको थियो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री राम शरण बस्नेतको प्रमुख आथित्यता तथा गाँउपालिका अध्यक्ष बिष्णु भट्ट, उपध्या सनमाय गुरुङ प्रदेश नं ३ सामाजिक बिकास मन्त्रालय का निमित्त सचिव दिपेन्द्र सुवेदी , , बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ गोरखा ताकुकोट सेवा समाजको अध्यक्ष रेशम लाल श्रेष्ठ हरि चन्द्र भट्ट धिरज उपरकोटी अनुप श्रेष्ठ लगायत बिशेष आथित्यता साथै अन्य ब्यक्तित्वहरु आथित्यता र हजारौ दर्शकको उपस्थित भएको कार्यक्रममा
को अध्यक्षता बारपाक सुलीकोट गापा वडा नं ६ का वडाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बाबुलाल गुरुङ ले गर्नु भएको थियो । प्रमुख अतिथि तथा भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत ले ताकुकोट र बारपाक सुलिकोट गाउँ पालिका को बिकास मा मेरो बिशेष ध्यान दिएको र आगामी दिन मा अझै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
माईभगवती को लागि दुई ताकुको हरेक घर बाट चन्दा संकलन गरिदै छ। मन्दिर संरक्षण को लागि माईभगवती मन्दिर संरक्षण तथा सम्बर्धन समितिले अक्षयकोष को स्थापना समेत गर्ने समिति को अध्यक्ष कृष्ण सुवेदिले जानकारी गराउनुभएको थियो।महोत्सव लाई सम्पन्न गर्न देश विदेशमा बस्नुहुने धेरै महानुभावहरुको आर्थिक सहयोग गर्नु थियो।
अमेरिका बाट लिला देवकोटा, कतार बाट भोज बहादुर सारु, कृष्णा सारु,सुदिप भट्ट रामशरण गुवाजु , काठमाडौं बाट महेश सुवेदि, सुजन श्रेष्ठ, डिल बहादुर थापा, समृद्ध ताकु युवा समाज, गौतम मेडिसिन सप्लायर्स नगद सहयोग गर्नु भएको छ भने आईएमी, मनोकामना दर्शन प्रालि, टुण्डी पावर कम्पनी, कालिका ग्रुप, चन्द्रागिरी हिल्स, लगायत ले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।

बर्षौ अगाडी देखि न्वागी मेला लाग्दै आएको मन्दिर परिसरमा गत बर्ष देखि महोत्सवको रुपमा जात्रालाई नामाकरण गरिएको हो। न्वागी भन्नाले नयाँ चामल खानको लागि सुरुवात गर्ने चलनको रुपमा लिईन्छ । न्वागीको अबसरमा रात भरि जाग्रम बसि ब्रत बस्ने, माधी बाल्ने र तेल ढोल्ने प्रचलन रहिआएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!