पुल बनेपछि स्थानीय खुसी

डोल्पा : यहाँको त्रिपुरासुन्दरी नगरपालिकाले आफैँले पुल निर्माण गरेको छ। नगरपालिकाअन्तर्गत वडा नं १ मा पर्ने बगर बजारमा जीर्ण अवस्थामा रहेको गल्ली गाड खोलाको काठेपुल हटाएर नयाँ पुल निर्माण गरेको हो। लामो समयदेखि जीर्ण काठेपुल हटाएर नयाँ पुल निर्माण भएपछि स्थानीय खुशीले दंग भएका छन्। यसअघि सर्वसाधारणहरु ज्यान जोखिममा राखेर जीर्ण काठेपुलबाट खोला वारपार गर्न बाध्य थिए।

‘खोला पारी पट्टी रहेको बोर्डिङ् स्कुलमा आवतजावत गर्न बालबालिकालाई निकै समस्या थियो,दैनिक बिस भन्दा धेरै बाबालिकाहरु त्यहि पुल तरेर जाने भएकाले कुन दिन घटना घट्छ भन्ने पिरलो उत्तिकै रहन्थ्यो’ स्थानीय दिलबहादुर विष्टले भने। ‘बिभिन्न ठाउँबाट प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर दर्शनगर्न आउने भक्तजन पनि पुलको हालत देखेर डराउँथे,अहिले नगरपालिकाले नयाँ पुल निर्माण गरेपछि सजिलो भएको छ।’ जीर्ण पुलको ठाउँमा नयाँ पुल बनेपछि खोला पार गर्नका लागि बजार नजिकै रहेको फलामे पुल तर्नुपर्ने बाध्यता हटेको सर्वसाधारणले बताए। नगरपालिकाले एकलाख लागतमा नयाँ काठेपुल निर्माण गरेको हो।

जीर्णपुलका कारण जुनसुकै अवस्थामा पनि कुनै घटना घट्नसक्ने सम्भावना भएकाले स्थानीयको समस्यालाई मध्येनजर राख्दै सो पुल हटाएर नयाँ पुल निर्माण गरेको नगरप्रमुख ओमबहादुर बुढाले बताए।

स्थानीय सरकारको दायित्वनै नगर क्षेत्रमा शिक्षिा, स्वास्थ, बिद्युत, सञ्चार, सडक लगायतको आधारभुत विकासगर्ने भएकाले जनताका आवाश्यक्ता अनुसारको विकास गरिरहेको उनको भनाइ छ।




सम्बन्धित समाचार


error: Content is protected !!