कहिले फेरिन्छ , हाम्रो पहिचान ?


हेमन्त केसी

छिमेकीले कोठामा सुति, सुति फोन , ईन्टरनेट प्रयोग गर्छ , उही देश भित्रको नागरिक हो उ पनि ? आँखाले देख्न सकिने ठाउँमा रहेको अर्को छिमेकी फोन गर्न अग्ला डाँडा चाहार्न बाध्य हुन्छ ? यो पनि एउटा देश भित्रको सामान्य विभेदकै नमुना हो !

पैदलै हिडेर ५ घण्टामा पुग्न पुग्न सकिने गाउँको छिमेकी विद्युतको केन्द्रीय लाईन भरपुर प्रयोग गरी संसार हेर्छ , अर्को साथी भने मोवाईल चार्ज गर्ने सम्म पावर नपाएर दैनिक अर्काको सोलारमा गाली खाँदै व्याटी« आधा भर्न पाउदैन् , यो पनि मेरो छिमेकी गाउँ र मेरै गाउँको आम नागरिकको पीडा हो ।

अर्जङ्ग ठुला पहाडको खोच , तल छरिएर रहेका हाम्रा भारी सपना बोकेका वस्ती अनि सोही वस्तीमा रहेका संसार हेर्ने अनि चिहाउने ठुला सपना बोकेका हामी ? आहा हाम्रा चाहाना र ईच्छा अनि त्यो विकासको मितेरी साईनो कहिले बलियो होला । सडकमा खाल्डा देखिए , फोन गर्न पाइएन् , पानी सहज तरिकाले घरमा ल्याउन पाईएन् , विद्यालय टाढा भयो , विद्यालयमा राम्रो पढाई भएन , कर्मचारीले राम्रो काम गरेन , जागिर पाईएन् सवै कुराको गाली खाने पहिलो व्यक्ति को हो ?

हामी सहजै भन्न सक्छौ ,हाम्रो अमुल्य भोटलाई सितैमा दिएर जनताका आधारभुत आवश्यकता पुरा गर्ने उदेश्यले जनआवाज लिएर पठाएका हाम्रा नेता ? कहिले , काँही हामी अलि बढी रिस चढेमा छिमेकीलाई पनि गाली गर्न पनि कहाँ बाँकी राख्छौँ र ? अव तपाई आफै सोच्नुहोस , सवै काम नेताले गर्ने भए हामी एक आम नागरिक ( चेतनशिल व्यक्ति) कसरी भयौँ त ? नेताले राजनीतिक सन्तुलन मिलाउदै , कत्तै मिच्दै , कत्तैबाट मिचाह सहदै पारेको वजेट र वजेटको सहि सदुपयोग कहाँ भयो , हामीले कहिले सोचेको छौँ । हामी गाउँमा वजेट आउन वितिकै को उपभोक्ता समितिमा रहने भनेरै विवाद गरी सक्भर वजेट कार्यान्वन हुँन दिर्दैनौँ , यदि भईहाल्यो भने पनि त्यो काम एक पिडीलाई थेग्न सम्मको काम निर्माण गर्न सक्दैनौँ अव भन्नुहोस ।

यो विकासको दोषी को ? उपभोक्ता समितिमा बसेर पैसा कमाउन पाईन्छ भन्ने हाम्रो राष्ट्रिय चेतना र घुस दिएर काम चोर विधि अपनाउन पाईन्छ भन्ने सोचकै कारण हामीले आएको वजेटबाट प्रभावकारी काम हुँन सकेको छैन् । आफ्नो व्यक्ति शक्ति वा अलि देखिने ठाउँमा पुग्न वितिकै , पुग्ने व्यक्तिभन्दा बढ्ता हामीमा बढी अहमता चढेको देखिन्छ , जुन समयमा कसैलाई हामी वरीपरी देख्दैनौँ ।

त्यतिवेला हामीलाई काम , जनभावना र सवैका विचार समेटन पर्छ भन्ने कुरा अहमताले सयौँ कोष टाढा धकेलिसकेको हुन्छ । हामी छिमेकीले महंगो गहना लगाएको देख्छौ । हामी अरुले कार चढेको , महंगो मोवाईल वोकेको देख्छौँ तर हामी आफै घर , आँगनको फोहोर सफा गर्ने तर्फ कहिले ध्यान दिदैनौँ । सधै आलोचना मात्र देख्ने र आफु सिन्को भाँचेर दुई सम्म पार्ने हामीलाई फुर्सद छैन् तर हामी नै भन्छौ , उ त्यसले त्यत्ति खायो हामी पनि कसरी खाने सोच्न पर्र्यो । तर हामी कहिले पनि सोच्दैनौँ कि हाम्रो वजेट , हाम्रो काम अनि हाम्रो लागि ?

यही विडम्वनाका बीचमा हाम्रा दैनिक दिनचर्या गुर्जीरहेका छन् । अरुले १० किलो आलु फलाय , आफुले २० केजी फलायर अर्थउपार्जन गरौँ भन्ने सामान्य हेक्का छैन । एक नेता , दिनभरी अर्काकै काममा व्यस्त हुन्छ , वेलुका उ घर जाँदा श्रीमती ,छोरा,छोरीको टोकाई सहनु पर्छ ! अझ अर्को कुरा कसैलाई केही भनेर जागिर लगाएछ भने अर्को थरी रिसले चुर हुँदै भन्छ , अव हेर्दा जानु नेता , चुनावमा म देखाउछु । अव तपाई भन्नुहोस , एकै पटक सवैका चाहाना कसरी पुरा हुन्छन् होला ।

नेताले पनि मानिस हो , उसका पनि चाहाना हुन्छन् होला , ईच्छा हुन्छन् होला , हामी त्यता तीर किन सोच्दैनौँ । कुरा हामीले सोचेको मात्र होईन, अरुले सोचेको र अर्काको भावना वुझनु पनि एक नागरिको महान काम नै हो । हामी असल भए , अरु असल हुन्छन् ?

हो हामी हिड्दा , गुम्दा आफ्नो ठाउँ भन्दा अन्य अलि बढी विकास भएको देख्छौँ , हामीलाई लाग्छ ? हाम्रो नेता खतम ! हामी यो कुरा किन सोच्दैनौ , त्यो ठाउँ हाम्रो ठाउँ भन्दा के , कसरी अगाडी विकास भयो ? जाजरकोट सदरमुकाममा बाटो ल्याउने सेनाले कालापरमा बाटो खन्दै गर्दा रुकुम सदरमुकाममा सडक पुगिसकेको थियो । डोल्पामा सडक लिने नारा बनाउदै गर्दा जाजरकोटमा मोटर गुडिरहेको थियो । विकास भनेको एक गति र अर्को क्रम भङ्ग पनि हो ।

म देख्ने गर्छु , जाजरकोट सदरमुकाममा पिच सडक निर्माण भएको आधा दर्शक भयो । सदरमुकामको सडक आधा दर्शकमा सोही अनुपातमा भत्किने गर्छ । बाटो भत्किन वितिकै हामी फलाना नेताले के गरे ? भन्दै गाली गछौँ ,तर हामी यो किन सोच्दैनौ हामीले गगनचुम्वी महल बनाएका छौँ तर त्यहाँबाट निस्किने फोहोर वस्तु , ढलहरु वाटोमा नमिस्याउँ । शौचालय व्यवस्थापन राम्रो सँग गरौँ र घरबाट निकालिएका पाईपहरु व्यवस्थापनमा ध्यान दिऔँ ।

विकास भनेको हाम्रो हो , त्यसलाई दीगो बनाउने काम हाम्रो हो भनि कहिले पनि हाम्रो दिमागमा किन घुस्दैन । आफ्नो घर ठुलो हुँनु , आफुले बढी पैसा आर्जन गर्नु मात्र विकास ठानियो भने देश त परको कुरा भयो , आफ्नो दिमाग नै सही ठाउँमा पुग्दैन् । कर्मचारी वर्गले विकासका लागि आएको वजेटलाई सही समयमा निगरानी र प्रभावकारीतामा जोड दिने कि फलानाले पठाएको वजेट रहेछ , यसलाई अलि ढिला गरौँ र बदमान बनायो , अनि वजेट फ्रिज बनाउ भन्ने तर्फ ध्यान दिने ? आस्थाकै आधारमा गरिने फरक व्यवहार सायद नेपाली समाजको पहिचान पक्कै होईन । नेपालीको पहिचा भनेको बहादुरी र अनुशाषण मात्र हाईन् , एक कर्तव्य निष्ठ व्यवहार पनि हो ?

आलोचना सहने संस्कार विकास
गाउँ , गाउँमा जाँदा ६५ वर्ष नाँघेका व्यक्तिको घरको डिलमा गएर वोलिएका कुराहरु नै जनताका सही भावना हुँन् र ति कुराहरु जसरी पनि पुरा गर्नुपर्छ भन्ने हेक्का नेतृत्वकत्र्ताले वुझन पर्छ ।

विकास र संमृद्धीका लागि भनिएका र गरिएका कुराहरु व्यूरोक्रेसी भित्र हुँने प्रक्रियागत कुराका बारेमा जनता जान्दैन्न , र उनीहरुको त्यो पाटो पनि होईन् । उनीहरुको चाहाना भनेकै स्वास्थ्य चौकीमा चिकित्सक ,औषधि , विद्यालयमा शिक्षक, धारामा पानी , सडकमा मोटर , खेतबारी भरीभराउ , सुरक्षाको प्रत्यभुति , शरीर भरी कपडा पहिलो आधारभुत सर्त हो ।

आफुले पठाएको जनप्रतिनिधिले आफ्नो गाउँका लागि के कति काम गरे त्यो गाउँका स्थानीयको सहि हिसाव हो । नेतृत्व वर्ग भेटिएमा सर्वसाधारणलाई आराम छ नि हजुरलाई भनि सोधेमा मात्र उसका लागि सयौँ वर्ष पुग्ने बहुमुल्य उपहार बन्छ ।

रेडियोमा नाम सुन्न वितिकै त , मेरो नेताको नाम रेडियो सुन्न पाईयो भनि गाउँमा ठुलो मन बनाएर कुरा गर्ने हाम्रो गाउँलेहरुको अरु के नै स्वार्थ छ र ? स्वास्थ्य त त्यहाँ छ , जसले , जसका लागि राजनीति , कर्म गर्छु भन्छ , ठेक्का गर्छु भन्छ उसैले कहिले काम पुरा गरेन त्यहाँ छ जनताको लडाई ।

हिजो कयौँन वर्ष पञ्चयातलाई गाली गर्दै बिते , केही वर्ष राजालाई मुखैभरी गाली गदै दिन विते , अव ति सव विगत भए ? अव नयाँ नेपाल सहितको विकास अनि संमृद्धीको ढोका खोल्ने तपाई र तपाईका अघि , पछि लागेका सयौँ मनहरुको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!