जङ्गल फाँडेर मानिस गाडिएका खाडलमा घर , खेत


हेमन्त केसी

काठमाण्डौँ  , दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस , दाउरा पाउने नलगाड नगरपालिका – ८ जाजरकोटका हरीबहादुर खत्री अहिले दिनभरी जङ्गल धाउदा पनि मुस्किलले एक भारी पाउनुहुन्छ ।

घाँस मात्र होईन् , घर नजिकै घनाजङ्गल र बन्यजन्तु भेटिने हुँदा सजिलै बालवालिकाहरु घर बाहिर जान समेत डराउथे । विहान जङ्गल लिएका घरपालुवा जनावर थोरै समयमा पेट भरी घाँस खाएर समयमै घर फर्कने गरेको अनुभव सुनाउनुहुन्छ खत्री । एकै घरमा ५ भन्दा बढी भैँसी र ४० भन्दा बढी भेडा, बाख्रा समेत पालन गरिदा आम्दानीको स्रोत समेत राम्रो हुँने गरेको उहाँ बताउहुन्छ ।

अहिले विगतमा घनाजङ्गल भएको ठाउँमा खेतबारी , घर निर्माण गरिएका छन् । उहाँ भन्नुहुन्छ , “ पहिले मानिस मृत्यु हुँदा गाडिएका खाडलमा अहिले हाम्रा गाउँलेका घर छन् , स्याल , बाघ गर्जने वन फडानी गरेर अन्नवाली लगाएको छ , । ”
चारैतीरबाट वन जङ्गल फडानी गरेर नयाँ वस्ती बसाउदै गाउँ नै बनाएको क्रम नरोकिदा प्रकृतीको उच्च दोहन भएको बारेकोट गाउँपालिका – ५ का जनकबहादुर शाहीले आरोप छ । उहाँ भन्नुहुन्छ , “ हामीले वन जङ्गल संरक्षण भन्दा वन फडानी गरेर आफ्नो बाच्ने आधार खोजिरहेका छौँ , यो क्रियाकलापले हामीलाई नै क्षति पुर्याएको छ , हिजो भएका पानीका मुल अहिले विस्तारै सुक्दै आएका छन् ।”

१० वर्ष अगाडी सजिलै घाँस , दाउरा , कालिज पाउने ठाउँमा अहिले मानव बस्ती छन् , एउटा लौरी बनाउने काठ खोज्न त दुई घण्टा समय खर्चनु पर्छ भन्दै उहाँले गुनासो गर्दै भन्नुभयो , “ राज्यले बनाएका नीति नियम हामी आफै मान्दैनौ , समुदायिक वन समुह कमाई खाने भाँडो भए , कसरी हुन्छ नियन्त्रण ? रक्षक नै भक्षक भएपछि हामीले चाहेको नतिजा गलत तरिकाले प्रयोग भएको छ । ”

जिल्लाका समुदायिक वन समुहले वन जङ्गल संरक्षणका लागि हर समय चिन्तित हुँनुपर्ने हो तर यहाँ कसरी कमाउन सकिन्छ भन्ने चिन्ताले गर्दा सामुदायिक वन दैनिक मासिदै गएको डोल्पा मुड्केचुला गाउँपालिका –७ का कृष्णबहादुर सिंहले आरोप छ । उहाँ भन्नुहुन्छ , “ सामुदायिक वन कव्जा गर्ने गरी व्यक्तिले भोगचलन गरी वनमा ज्यादती गर्ने क्रम बढेको छ , स्थानीय सरकारले सूचना वडा कार्यालयमा टाँस्दैमा वन फडानी र वन्य जन्तुको संरक्षण हुन्छ भन्ने कुरा सपना मात्र हो । ”

वन मासिदै जाँदा आज , भोली जङ्गली जनावारहरु गाउँमा पस्न थालेको स्थानीयवासीको भनाई छ । दैनिक मानव र वन्यजन्तुको भिडन्त हुँदा समस्य पैदा भएको छ । दशैको मुखैमा नलगाड नगरपालिका – ६ मा भालुको आक्रमणमा पनि एक स्थानीय घाईते भएका थिए । त्यस्तै बारेकोट गाउँपालिका –४ गोठगाउँमा भालुकै आक्रमणमा परी दुई घाईते भएका थिए भने एक गाईको मृत्यु भएको छ ।

हरियो वन नेपालको धन भन्ने उखान विस्तारै हरियो वन बाठा , टाँठाको धन भएको छ भन्नुहुन्छ भेरी नगरपालिका – १ का रामबहादुर खत्री । वन संरक्षणका लागि सामुदायिक वन , डिभिजन वन निकै सचेत हुँनुपर्ने जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको भनाई छ । उहाँ भन्नुहुन्छ , “हामी सँग सहकार्य , छलफल नै गरिदैन् , सवै काम आफ्नो तरिकाले गर्दा काम गर्न वनका साथीहरुसँग समस्य भएको छ , । ”

हिमालहरुमा जथाभावी जडीवुटीको दोहन भईरहेको छ , सरोकारवाला निकाय मौन छ , हामी सँग सहकार्य समेत छैन् उहाँले भन्नुभयो , “ बहुमुल्य खनिज पदार्थ , वन्यजन्तु चोरी निकासी भईरहेका छन् , सवै मिलेर साझा एजेण्डा बनाएर अगाडी बढ्यौ । ” गाउँ , गाउँमा सल्लीको रुखबाट जथाभावी खोटो संकलन , सल्ली रुख कटान हुँदा दैनिक वन विनास भईरहेको छ ।

दुई दिन अघि मात्र सालको काठ अवैद्य तरिकाले लिदै गरेको अवस्थामा प्रहरी र वन डिभिजन कार्यालयले दुई जनालाई नियनत्रणमा नियन्त्रण लिएको छ । आधा दर्जन भन्दा बढी वन्यजन्तुको चोरी , निकासी गर्ने व्यक्तिहरु पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जाजरकोट र डोल्पामा मात्र होईन , कर्णाली प्रदेश नै अत्यन्तै प्रकृतिक सम्पादको उच्च भण्डार रहेको क्षेत्र हो ।

अर्गानिक प्रदेश भनेर कर्णाली प्रदेश सरकारले घोषणा गरेपनि त्यो गाउँ , गाउँ , वस्ती ,वस्तीमा लागु गरी जनता .जागरुक बनाएर योजना कार्यान्वयनमा ल्याए मात्र सो नाराले चिर स्थायत्व पाउने सरोकारवाला बताउँछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!