मन्त्रिपरिषद् पुनर्गठनः को हटे, कोको बने मन्त्री (सूचीसहित)

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद हेरफेरको अन्तिम सूची सार्वजनिक गरेको छ । बुधवार साँझ अबेर शितलनिवासस्थित राष्ट्रपति कार्यालयले हेरफेर हुने मन्त्रीहरूको अन्तिम सूची सार्वजनिक गरेको हो ।
सूचीमा केही मन्त्रीहरू नयाँ थपिएका छन् भने केही पूरानै छन् । बुधवार नै नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्ने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बिहीवार बिहान ११ बजेलाई सारिएको छ ।


यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
प्रस्तावित मन्त्रीमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइने भएको छ । स्रोतका अनुसार घनश्याम भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम प्रधानमन्त्रीले राष्ट्रपति समक्ष पठाएका छन् । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।
लेखराज भट्ट,रामेश्वर राय यादव,विमला राई लगायत केहीको मन्त्रालय खुलेको छैन । प्रधानमन्त्री निकट स्रोतका अनुसार ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।
सभामुख निर्वाचनका बेला थप मन्त्रीहरुको हेरफेर हुने स्रोतले जनाएको छ ।








