जाजरकोटमा कोशेली घर स्थापना

जाजरकोट , जिल्लामा उत्पादित वस्तुहरुको संकलन तथा विक्री वितरणको सहजताका लागि जाजरकोटमा जाजरकोट कोशेलीघरको स्थापना गरिएको छ ।
सदरमुकाम खलंगा स्थित शान्तिचौतारा चोकमा उक्त कोशेली घर एण्ड सप्लायर्स को आजै एक कार्यक्रका बीच भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी ले उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई माहुरी सुन्तला (विभाग ) जाजरकोटको आर्थिक सहयोगमा कुशे लघु कृषी सहकारी संस्थाले सो कोशेलीघर सञ्चालन ल्याउन थालेको हो ।
कार्यक्रममा विभागका प्रमुख टंक रिजालले कृषकको उत्पादित वस्तुहरको वजारीकरणमा टेवा पुगोस भन्ने उद्येश्यले परियोजनाले कोशेलीघरको अवधारण ल्याएको बताउनुभयो । कोशेलीघर स्थापनासँगै जाजरकोटमा आउने पाहुनाहरुले जाजरकोट वाट जाँदा यहाँको महत्वपुर्ण उत्पादित वस्तुहरु कात्तिके मह, टीमुर,सुन्तला,लगायत लिएर जान पाउने अवसर मिलेको बताउनुभयो ।
कोशेलीघर का सञ्चालक शीला नेपालीले आफुले जाजरकोटमा कृषकहरुले उत्पादन गरेको ,फलफुल,मह,लगायतका वस्तुहरुको सहजरुपमा वजारीकरण होस भन्ने उदेश्यका साथ यो कोशेलीघर सञ्चालन गरेकाले सवैको सहयोगको लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुदै कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले कृषकहरुका लागि कोशेली घरले आफ्नो उत्पादित कृषिउपजहरुको वजारकिरणमा प्रभावकारी हुने र यसवाट कृषकहरुले अवसरको रुपमा लिनु पर्ने बताउनुभयो ।








