भगवानलाई पनि चोरीकै डर

हेमन्त केसी
काठमाण्डौँ , (रासस)ः भगवान पनि चोरी हुन्छन् भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुँने गरेको छन् ।
१४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका मुर्ती तथा अन्य सामग्रीहरु चोरी हुँन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्य भएको छ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुँने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाँध्य भएका छन् ।
धो स्थित झ्याम्पा गुम्बा , सेरिङ गुम्बा , मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्रीहरु चोरी निकासी बढेपछि स्थानीयवासीहरुले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।
पुजा , आजा गर्ने समयमा मात्र गुम्वामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयबासी तम्सु गाल्वा लामाले बताउनुभयो । आधा भन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकोले संरक्षणमा समस्य भएको छ ।
अघिल्लो वर्षमा मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधिलाई नै पक्राउ गरेको थियो । अहिले उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकीहरु चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताउनुभयो ।
उपल्लो डोल्पा बौद्ध गुम्वा धेरै भएको ठाउँको रुपमा गणना हुँने गर्दछ । बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा एक सय ७ वटा मात्र गुम्बा दर्ता भएका छन्।
सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी , निकासी गर्नेलाई थप वल पुगेको छ । तातो मौसममा मात्र यहाँका स्थानीयवासीहरु उपल्लो डोल्पामा वस्छन् भने चिसो मौसममा वेशी झर्ने भएकाले मानिसको कम चहलपहल भएको भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, से फोक्सुन्डोलगायत स्थानीय तहहरु निकै दुगर्ममा पर्दछन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष , वडा अध्यक्ष लगाएतको टोलीमा माथी टअदालतमा मुद्दा चलिरहेको छ। पुपक्क्षका लागि थुनामा रहेको रहेको उहाँल बताउनुभयो । यहाँले भन्नुभयो , “ अहिले उपल्लो डोल्पामा रहेका वुद्धमुर्तीहरु , गुम्वाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ , जिल्ला सुरक्षा समितिको वैठक वसेपछि त्यहाँको सुरक्षाका लागि छिटै निर्णयमा पुगीने छ । ”
अहिले उपल्लो डोल्पामा हिमपात कारण जाँन सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ , यहाँले भन्नुभयो । चाईना नाँका नजिक भएकै कारण चोरी निकासीमा थप समस्य भएको छ । समुहमा आउने डाँकाहरुको समुहले गुम्वामा रहेका लामालाई धाँधेर चोरी गदै आएका छन् । यहाँ रहेका वुद्धमुर्तीहरु कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै एकिन हुँन सकेको छैन् ।
कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मीक रुपमा पनि उतिकै महत्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्न सके हरेक दृष्टिकोणले फाईदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमुल्य वस्तुको चोरी , निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सवै भएका वस्तुहरु हराएर जाने निश्चित भएको सरोकारवालाहरु बताउँछन् ।
स्थानीयवासीलाई विशेष तालिम दिएर संरक्षणका लागि जोड दिन सके केही समस्य हल हुँन सक्ने बुझाई स्थानीयको छ । स्थानीय सरकारले पनि ईतिहाससँग जोडिएका बस्तुहरु संरक्षण गर्न पहल कदमी लिनुपर्ने स्थानीयवासीहरु बताउँछन् ।





error: Content is protected !!