मन्त्रीको चुनावी नारा कार्यन्वयन हुँदै ः जाजरकोटमा सुरु भयो डी फार्मेसी पढाई सुरु

जाजरकोट ः जाजरकोट जिल्लामा डि फार्मेसीको कक्षा सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जाजरकोट सदरमुकाम खलंगामा आइतवार देखि जाजरकोट स्कुल अफ हेल्थ साइन्स एन्ड एलाइड मार्फत उक्त कक्षा सुरु गरेको हो ।
कर्णाली तथा सुदुरपस्चिम प्रदेशका जिल्लाहरुलाइ लक्षित गरि सुरु भएको उक्त कार्यक्रमको पढाइ भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गा स्थित भेरी ज्ञानोदय क्याम्पसको भवनमा उक्त विषयको पढाइ सुरु भएको छ । कक्षा सुरुवात कार्यक्रममा वोल्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जाजरकोटमा सुरु भएको फार्मेसीको पढाइले कर्णाली प्रदेशमै ठुलो सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो , “सवैको साथ सहयोग र सहकार्यवाट जिल्लामा सुरु भएको स्वास्थ्य क्षेत्रमा आवश्यक रहेको प्राविधिक जनशक्ति उत्पादनको कामलाइ सफल वनाउनु पर्नेमा छ ,। ”
कर्णाली र सुदुर पश्चिम प्रदेशका कुनै पनि जिल्लामा नभएको कार्यक्रम जाजरकोटवाट सुरु गरिएको बताइएको छ । तीन वर्षे अध्ययन अवधि रहेको उक्त कार्यक्रम अन्तरर्गत ९ वटा विषयहरु पढाइ हुने कर्णाली स्वास्थ्य विज्ञाप प्रतिष्ठानका डिन तथा जाजरकोट स्कुल अफ हेल्थ साइन्स एन्ड एलाइड जाजरकोटका अध्यक्ष प्राध्यापक डाक्टर रेशमवहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो , “ मुलुकमा निकै माग रहेको डी फार्मेसी विषयको कक्षा कर्णाली र सुदुरपस्चिम प्रदेशमा जाजरकोट वाहेक कुनै जिल्लामा कसैले सुरु गरेका छैन्न , हामीले जाजरकोटमा सुरु गरौँ । ”
जिल्लामा सुरु भएको उक्त कार्यक्रम अन्तरर्गत ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको र अहिले भने ३५ जनाले प्रवेश परीक्षा उतिर्ण गरेको यहाँको भनाई छ । डाक्टर रानाका अनुसार अहिले कर्णाली प्रदेशमा मात्रै एक हजार ९ सय ९२ जना डि फार्मेसीको जनशक्ति आवश्यक रहेका छ । यसै गरि तत्काल सरकारी र गैरसरकारी गरि विभिन्न स्वास्थ्य सँस्थामा स्वास्थ्य सहायक अर्थात एचए एक हजार ९ सय ९२ , स्टाफ नर्स एक हजार ४ सय ३२, ल्याव टेक्निसियन १ हजार ९ सय ९२, डेन्टल असीस्टेन्ट २ सय ६ र रेडियोग्राफर १ सय ५२ जना आवश्यक रहेको तर सो आवश्यकता अनुसार उत्पादन भने नभएको प्राध्यापक डाक्टर रानाले बताउनुभयो ।
सुरुमा त्रिभुवन माध्यमिक विद्यालय,भेरी ज्ञानोदय क्याम्पस र जिल्ला अस्पतालको जनशक्ति प्रयोग गरेर कक्षाहरु सुरु गरिएको छ । डी फार्मेसी पढाउनका लागि सम्वन्धित विषयमा स्नात्तकोत्तर हुनै पर्ने अध्यक्ष रानाले बताउनुभयो । कात्तिक महिना देखि शैक्षिक वर्ष सुरु गरिएको उक्त कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लक्ष राखेको स्कुलका संयोजक प्राध्यापक डाक्टर विजय रिजालले बताउनुभयो ।
उहाँले जनताको माग, सरकारी आवश्यकता र वेरोजगारी समस्या टार्नका लागि यो कार्यक्रम जाजरकोटमा लागु गरिएको बताउनुभयो । कार्यक्रम सफल भएमा आगामी वर्ष देखि अन्य विषयको पनि पठनपाठन सुरु हुने सम्भावना रहेकोले अहिले सुरु भएको कार्यक्रम सफल पार्न स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि, स्थानीय सरकारले सक्रियता र चासो देखाउनु पर्ने देखिन्छ ।
यस अघि यो कार्यक्रम सुरु गर्नका लागि सङ्घीय संसदका सदस्य एवम वन तथा वातावरणमन्त्री शक्तिवहादुर वस्नेतले निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट रु ५० लाख रकम छुटयाएका छुट्याउनुभएको थियो । मन्त्रीवस्नेतको पहलमा प्राप्त भएको सहयोगले नै डी फारमेसीको कक्षा सुरु गर्ने पुर्वाधारहरु तयार भएको बताएको छ । उहाँको यो चुनावी नारा पनि थियो ।








