राष्ट्रिय टिमबाट फर्वार्ड विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ का लागि छनोट भएका चार जना खेलाडीलाई बर्खास्त गरेको छ । कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने खेलाडीहरू फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही स्वरूप बर्खास्त गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

उनीहरुलाई गत रातभर ठमेलका क्लबहरूमा गएको भन्दै कारबाही गरेको एन्फाले जनाएको छ । अनुशासनहीन काम गरेको भन्दै उनीहरूलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको हो ।

राष्ट्रिय टिमबाट बर्खास्त भएसँगै उनीहरू शनिबार ३ बजे भुटान जान पाउने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने तयारी गरेको छ । नेपालले विश्वकप छनोटका लागि कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ ।




सम्बन्धित समाचार


error: Content is protected !!