अमेरिका जाने पैसा सापटी नदिँदा ज्यान मार्ने उद्योग

रुकुम : रुकुम पश्चिममा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-८, पोखराका २५ वर्षीय मोहन भनिने राजन कुमार केसी रहेका छन्।
उनले आफूलाई अवैधरूपमा अमेरिका जानको लागि नगद रुपैयाँ सापटी नदिएको रिसमा बाँफिकोट गाउँपालिका ८ बस्ने ४५ वर्षीय पशुपति खनाललाई विद्यालय जाँदै गर्दा बाटोमा कुटपिट गरेका थिए।
उक्त घटना स्थानीयले देखेपछि उनी फरार भएका थिए। पीडितको उजुरीका आधारमा प्रहरीले केसीलाई खोजतलास गर्ने क्रममा उनको घरजनिकैबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका केसीलाई हिरासतमा राखेर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।








