सुर्खेतका सञ्‍चारकर्मी डिलप्रसाद शर्माको निधन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका डिलप्रसाद शर्माको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्‍वरस्थित निजामती अस्पतालमा बोन म्यारोको शल्यक्रिया तयारी भइरहँदा उनको २३ वर्षको उमेरमै निधन भएको हो।

स्वास्थ्यमा गम्भीर समस्‍या आएपछि चार महिनाअघि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो प्रत्यारोपणका गर्ने तयारी भइरहँदा बिहीबार निधन भएको हो।  ६ वर्ष अघिदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा सुर्खेतबाट प्रकाशिन हुने साझा बिसौनी दैनिकमा र देशसञ्चार अनलाइनमा कार्यरत थिए।

पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्‍य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव पनि थिए। पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर दु:ख व्‍यक्त गरेको छ। महासंघले शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!