भेरीनगरपालिका लाग्यो मयुर नाँच संरक्षणमा

जाजरकाेट । जिल्लाको भेरीनगरपालिका मयूर नाँच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो ।
पुरानो संस्कृतिले जाजरकोटको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयूर नाँच संरक्षणमा जुट्ने प्रत्येक समुहलाई ५० हजारका दरले प्रोत्सानस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तिले बताए ।
भनेर्, पछाडि मयूरको जस्तो प्वाँख, हातमा लट्ठी गर्दै एकआपसमा मयूरको तालमा नाँचिने यो संस्कृतिले हाम्रो पुरानो संस्कृतिको संरक्षण गर्न ठुलो सहयोग गर्छ ।’ नगरपालिका भित्र रहेका ६ वटा समुहहरुलाई थप मनोवल प्रदान होस भनेर कमै भएपनि आर्थीक सहयोग गरेको नगरप्रमुख घर्तिले बताए ।
भेरीनगरपालिका ६ का मयूर नाँच संरक्षणमा जुटेका यूवा र वृद्धवृद्धाहरुले यो सहयोगले हामीहरुलाई काम गर्न झनैँ सजिलो भएको बताए । नगरपालिका भित्रका यस्ता संस्कृति संरक्षणले नगरपालिकामा आउने आन्तिरिक तथा बाह्य पर्यटकलाई ठुलो सहयोग पुग्ने नगरप्रमुख घर्तिले बताए । जिल्लाका विभिन्न क्षेत्रमा यस्ता धेरै संस्कृति छन् ।
तिनीहरुले यस क्षेत्रको कला र संस्कृति झल्किाइरहेका छन् । त्यस्ता संस्कृति संरक्षण गर्न सके सिंगो जिल्लाको संस्कृतिको संरक्षण हुने विश्वासका साथ आफ्नो नगरपालिकाले यो अभियान सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ । नगरपालिका भित्र लुकेर रहेका संस्कृतिलाई संरक्षण गर्न सके भावी आउने सन्ततिका लागि सहयोग हुने घर्तिलेको भनाई छ । संस्कृति र परम्परा संग नेपालीहरुको जीवन जोडिएकोले पनि संरक्षण गर्न आवश्यक रहेको छ ।
भेरीनगरपालिका जस्तै जाजरकोटका अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा भएका संस्कृतिको संरक्षण गरी संस्कृतिको धनी जाजरकोट बनाउन आवश्यक रहेको सरोकारवालकाको भनाई छ । पुरानो संस्कृतिले नेपाली संस्कृतिको जर्गेना संग मानिसको जीवनस्तर उकास्न सहयोग गर्ने भएकोले संस्कृतिको संरक्षण गर्न आवश्यक छ ।








