बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

इन्द्र बुढाथोकी सल्यान । बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजना लाई पक्राउ गरेको छ।
शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका–३ की २० वर्षीया माया मिया डाँगीलाई पक्राउ परेका छन्।
उनीहरुलाई मंगलबार डाँगीको घरबाट नियन्त्रणबाट लिइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।








