जिल्ला विकासमा पत्रकारको सुझाव

Image may contain: one or more people, people sitting, table and indoor

जाजरकोट । जिल्लाको समग्र विकासका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको छ ।

आइतबार जिल्ला समन्वयन समितीको आयोजनामा समग्र जिल्लाको विकासका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको हो । जिल्लाका साथै स्थानीय तहले प्रस्तुत गरेको बार्षिक प्रगति विवरण पछि जाजरकोट जिल्ला विकासका लागि पत्रकारहरुको पनि महत्वपुर्ण भुमिका रहने भएकोले पत्रकारहरुको रचनात्मक सल्लाह सुझावका लागि भेटघाट कार्यक्रम गरिएको जिल्ला समन्वयन समितीका प्रमुख मनबहादुर रावलले बताए ।

भेटघाट कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिहंले जिल्लाका स्थानीय तहले प्रस्तुत गरेको प्रगति विवरण निराशजनक नभएको बताए । उनले भने, प्रत्येक स्थानीय तहका नागरिकले सेवा सुविधा लिन जिल्ला आउनु भन्दा पनि स्थानीय तहमा काम गर्ने वातावरण मिलाउनु पर्ने बताए ।

स्थानीय तहले अवका दिनमा कामलाई सुस्त गतिका साथ नभई छिट्छिटो काम सम्पन्न गर्न आवश्यक रहेको उनको भनाई छ ।, पत्रकार रेशमबहादुर खड्काले समन्वयन समितीका जनप्रतिनीधीले ठेक्का बट्टामा हात राख्न पाउनेकी नपाउने ? भनी प्रश्न गरेका छन् ।

प्रत्येक स्थानीय तहका कामलाई प्राथमिकतामा साथ हेर्नुपर्ने सुझाव व्यक्त गरे । पत्रकारहरुले दिएको सुझाव गह्रण गर्दै, समवन्यन समितीका प्रमुख मनबहादुर रावलले रचनात्मक सुझाव आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।




सम्बन्धित समाचार


error: Content is protected !!