सहकारीद्धारा मृतक परिवार सहयोग रकम हस्तान्तरण


इन्द्र बुढाथोकी, सल्यान । बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारका प्रोस्टेट क्यान्सर भइ मृत्यु भएका ७० वर्षीय स्वर्गीय अम्मर बहादुर शाहीलाई लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सहयोग स्वरुप रु ५ हजार रुपैया परिवारलाई हस्तान्तरण गरेकोे छ ।
उपचारको क्रममा विपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा लामो समय देखि उपचाररत शाहीको कात्तिक २० गते उपचारको क्रममा प्रोस्टेट क्यान्सर भएर मृत्यु भएको थियो ।
लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका सस्थापक सदस्य दीपेन्द्र शाही र साधारण सदस्य कमल बिक्रम शाहीका बुवा मृतक शाहि सहकारीको सेयर सदस्य समेत रहेका थिए । सेयर सदस्यको मृत्युको खबर सहकारी क्षेती पुगेको र आफुहरु दुखी भएको सहकारीका सचीव निमप्रकाश बुढाले बताउनु भयो ।
मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त व्यक्त गर्दै आफुहरुको सेयर सदस्यको मृत्युले दुखि भएको अध्यक्ष कमल वलीले बताउनु भयो ।
आफुहरुलाइ दुखको यश अवस्थामा आएर सानो सहयोग गरेकोमा परिवारको तर्फबाट पनि सहकारीलाई धन्यवाद व्यक्त गरेका छन ।










