सिमा हस्तक्षेप विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनको अन्तरक्रिया


जाजरकोट । भारतले गरेको सिमा हस्तक्षेपका विरुद्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार मध्यपश्चिमञ्चल बिश्वबिद्धालयमा “कालापानी ,लिपुलेक,लिम्पियाधुरा भारतिया हस्तक्षेप विरुद्ध हाम्रो भुमिका बिषयकमा स्वतन्त्र दलित विद्यार्थी संगठनको आयोजनामा सबै विद्यार्थी संगठनको सहभागितामा अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै, स्वतन्त्र दलित विद्यार्थी संगठनका अध्यक्ष धन बहादुर नेपालीले “ कालापानी ,लिपुलेक,लिम्पियाधुरा भारतिया हस्तक्षेप बिरुद्ध हाम्रो भुमिका महत्वपुर्ण भएको बताए । उनले भने, “नेपाल पहिला पुर्वमा टिष्टा काँगडा र पश्चिमा काली नदि सम्म फैलिएको नेपाल देश सन् १८१६ को सगौलीसन्धी नेपाल पुर्वमा मेची पश्चिम महाकाली सम्म सिमित भएको हो ।” भारत तिर सिमा जोडिएका जिल्लाहरुमध्ये २३ जिल्लाका ७१ स्थानम अतिक्रम भएको बताए ।

७ हजार हेक्टर जमिन मिचिएको नेपालको २४० जङ्गल हराएको उनको भनाई छ । सन् १९६२ मा नेपालको कालापानी क्षेत्रमा भारतिय सेनाको क्याम्प रहेको कालापानी लिपुलेक,लिम्पियाधुरा क्षेत्रमा ३१० वर्गकिलोमिटर अतिक्रम गरेको थियो । तर पछिल्लो समय भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी ,लिम्पियाधुरा,लिपुलेक क्षेत्राको ३७२ वर्गकिलोमिटर जमिन आफ्नो क्षेत्रमा पारेको प्रति आपत्ती भएको उनले बताए ।
उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता धन बहादुर नेपाली, स्वागत मन्तव्य अखील छैठौं जिल्ला अध्यक्ष हरि बहादुर बुढा ,प्रमुख वक्तव्य म प बि बि अन्तर्रा्ष्ट्रिय सम्बन्ध र कुटनिति बिभाग म प बि बि का उप प्रध्यायपक उपेन्द्र बि क ,उप प्रध्यायपक प्रचण्ड पोखरेल, उप प्रध्यायपक दुर्गाप्रसाद सापकोटा लगायतकाको उपस्थिती रहेको थियो ।








