लौह पुरुष गणेशमान सिंहको १०५ औं जन्म जयन्ती मनाइँदै


काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा रहेको सिंहको शालिकमा आज बिहान माल्यार्पण गरिएको छ।
दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने आयोजना गरिने छ। साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा दीप प्रज्वलन गर्ने कार्यक्रम छ।
राणा शासनको अन्त्य तथा प्रजातन्त्रको बहालिका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापनामा प्रमुख भूमिका निभाएका थिए।








