लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ ।
भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित महाकाली नदीमा मिसिँदै लिपुखोला । भारतले यही लिपुखोलालाई काली नदी भन्दै आएको छ । नदीदेखि बायाँतिर भारतले नेपाली भूमिमा बनाएका सुरक्षा क्याम्पहरू । यहाँ भारतीय सेना, सीमा सुरक्षा बल र भारत–चीन सीमा सुरक्षा प्रहरी बसेका छन् ।