‘जेलमा सित्तैमा खान पाइन्छ’ भन्दै चोरी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका २, का २० वर्षीय राजु परियारले जेलमा सित्तैमा खान पाइन्छ भन्दै चोरीमा संलग्न भएको पाइएको छ । प्रहरी अनुसन्धानबाट यो तथ्य खुलेको हो । अहिले उनी प्रहरी हिरासतमै छन् । उनीविरुद्ध प्रहरीले चोरी डाँका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।
कात्तिक १८ गते पक्राउ गरेका उनीमाथि पसल फोडेर नगद तथा मोबाइल र त्यससम्बन्धी सामग्री चोरीको आरोप छ । उनलाई कात्तिक १६ गते राति मुसीकोट नगरपालिका १, त्रिवेणी चोकमा रहेको एक मोबाइल पसल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनले यही मुद्दामा जेल सजाय भुक्तान गरिसकेका थिए ।

२०७३ कात्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका उनी अभियोग पुष्टि भई ३ वर्ष जेल सजाय भुक्तान गरी भर्खरै बाहिर निस्किएका हुन् । जेल सजाय भुक्तान गरी निस्कनेबित्तिकै उनी फेरि उही मुद्दामा समातिएका छन् । एउटै मुद्दामा दुईपटक समातिएपछि उनी निस्शुल्क खान र बस्नकै लागि चोरी गरेको तथ्य प्रहरीले फेला पारेको हो ।





error: Content is protected !!