पण्डितले अव नागरिकता हेरर मात्र विवाह गराउने प्रविद्धता

हेमन्त केसी
जाजरकोट  ः जाजरकोटमा हुँने सवै विवाहमा पण्डितले केटा ,केटीको नागरिकता हेर मात्र काम गर्न सहमत भएका छन् ।


जिल्लामा बालविवाह गर्नेको सङख्य दैनिक बढ्न थालेपछि प्रहरीको पण्डितसँग सहकार्य गरेर यो प्रतिवद्धता व्यक्त गराएको हो । विवाह गराईदिनु अघि जन्म दत्र्ता , नागरिकता हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जाजरकोट प्रहरी प्रमुख (डिएस्पी श्यामबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो , “ बर बधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैबाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ , यदि यसो नगरिए कारवाही भोग्नुपर्ने छ । ” पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएपछि पण्डितहरू उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन्  ।

एक तथ्यांक अनुसार जाजरकोटमा १९ बर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेद लगायतका घटना बढ्दै गएपछि प्रहरीले बालविवाह गर्ने कार्यमा प्रत्यक्ष संलग्न हुने पुरोहितहरुका लागि प्रशिक्षण दिएर यस्तो प्रतिवद्धता गराएको हो ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतीमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्परा अनुसार पुरोहित बोलाएर विधि पुर्वक सिन्दुर हालेपछि विवाहले बैधता पाउने चलन जाजरकोटमा अत्यधिक रहेको छ । यसलाई चिर्नका लागि प्रहरीले यस्तो अभियान चलाएको प्रमुख खत्रीले बताउनुभयो ।


उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु पर्यो भनि बोलाए भने हामी जाँदैनौ उल्टै सम्झाएर पठाईदिने अभियानमा छौँ , ३० बर्ष देखि पुरोहित्याईको काम गदै आएका भेरी नगरपालिका मटेला निवासी सत्य प्रसाद शर्माले भन्नुभयो , “प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलीदिएको छ , हामीले मात्र इमान्दारीता देखायौ भने बालविवाह निकै घट्छ ।’

जिल्लाका १५ जना पुरोहितको सहभागिता रहेको प्रशिक्षण बालविवाहले समाजमा पार्ने असर, आमा र शिशुको स्वास्थ्यमा पर्ने असर, त्यसका सामाजिक असरहरु, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको छ । प्रहरीले जिल्लामा आमा समुह र स्कुले विद्यार्थीलाई बालविवाह विरुद्ध प्रशिक्षण गरिरहेको खत्रीले बताउनुभयो । उमेर नपुगेको विवाह गराउने पुरोहित, लमी, अभिभावकलाई तीन वर्षसम्म कैद र ३३ हजार नगद जरीवानाको कानुनी व्यवस्था छ ।

जाजरकोटमा वावविवाह न्यूनिकरणका लागि भन्दै बहुआयमिक विकास मञ्च लगाएतका संस्थाहरु काम गरीरहेको भएपनि ति सवै ककार्यक्रम प्रभावहिन देखिएका छन् । संस्थाले काम भन्दा राजनीतिक रुपमा बढी काम गर्न थालेपछि प्रभावहिन भएको हो ।





error: Content is protected !!