लसुन खेतीले आत्मनिर्भर बन्दै कृषक

हेमन्त केसी 
जाजरकोट , लसुनको पकेट क्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले दुई वर्ष भित्र बीउ निर्यात गर्न थालेको छ ।
नगरपालिकाको वडा नं ९,१०का स्थानीयवासीलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ भारी उत्पादन गरी स्थानीयवासीले निर्यात गर्न थालेको हुँन् । नगरपालिकाले लसुन खेती गर्ने कृषकलाई मध्यनजरका साथ लसुनको पकेट क्षेत्र घोषणा सहयोग गरेसँगै गरेसँगै लसुनको बीउ देखि खानाको लागि देशका बिभिन्न ठाउँमा निर्यात भएको हो ।
पाँच वर्ष अघि लसुनको बीउ नपाउने यहाँका स्थानीयवासीहरु अहिले लसुनको बीउ बिक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीयवासी डम्मवर रावतले बताउनुभयो । उहाँले भन्नुभयो , “ पाँच वर्ष पहिले सिंचाईको अभावमा खाली ( बाँझो ) रहेको जमिन अहिले सिंचाईको सुविधा सँगै लसुन लागि निर्यात गर्ने मुख्य थलो भएको छ , लसुनको बीउ नै बिक्री गरेर प्रतिघरले रु १ लाख भन्दा बढी कमाउने गर्दछन् । ”
नगरपालिकाले आर्थिक रुपमा सहायता गरेपछि कृषकहरुको जीवन स्तर माथी उठेको स्थानीय समाजसेवी नीमबहादुर ध्यारले बताउनुभयो । उहाँले भन्नुभयो , “ अहिले हाम्रो ठाउँमा यातायातको सहज पहुँच सँगै लसुन खेती फस्टाएको छ , गाउँका सवै गाउँलेहरुले राम्रो आम्दानी गरेका छन् । ”
अर्थअभावका कारण भारत लगाएका अन्य ठाउँमा मजदुरी गर्न जाँने स्थानीयवासीहरु अहिले गाउँमा लसुन सँगै अन्य तरकारीजन्य खेती गरी राम्रो आम्दानी हुँन थालेपछि गाउँमै खेतीकिसानीमा व्यस्त भएको स्थानीय शिक्षक गोपाल ध्यारले बताउनुभयो ।
अहिले लसुन खेती सँगै स्थानीयवासीहरु अन्य वेमौसमी तरकारीबाली तर्फ आक्रषित भएको पाईएको छ । यातायातको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको तरकारीबाली निर्यात गर्न समेत सजिलो भएको छ ।
कृषकले उत्पादन गरेको कृषि जन्य वस्तुहरु सजिलै वजार सम्म पुग्ने भएपछि अर्थउपार्जनमा ठुलो सहयोग गरेको वडा ९ का अध्यक्ष विष्णु विकले बताउनुभयो । उहाँले भन्नुभयो , “ नगरपालिकाको योजनामा कृषकहरुले मेहनतका साथ काम गर्नुभयो , अनि उहाँको जीवन स्तर पनि राम्रो भयो , अर्को तीर हाम्रो वडा आर्थिक रुपमा बलियो भयो । ”
हजार रुपैया रिण लिन गाउँ , गाउँ भौतारिने यहाँका स्थानीयवासीहरु अहिले हजारौ रकम हातमा खेलाएर अरुलाई रिण दिने अवस्थामा पुग्दा हामी खुसी भएका छौँ नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले खुसी हुँदै भन्नुभयो , “ यो आर्थिक वर्ष देखि थप केही नयाँ कार्यक्रम बनाएका छौँ , लसुन खेतीमा राम्रो आम्दानी भए सँगै टिमुर खेती र मौरी जोन थप गरी कृषकलाई अनुदान दिएर काम भईरहेको छ , अघिल्लो वर्ष ४० टन लसुनको बीउ निर्यात गरिएको थियो । ”
नगरपालिकाको योजना र कृषकको मेहनतले गर्दा यहाँको अर्थ उर्पाजन मात्र भएको छैन् , छिमेकी स्थानीय तहले सिको समेत गर्न थालेका छन् ।
प्राङगारिक मलको प्रयोग र उन्नतजातको बीउको प्रयोगले गर्दा कृषकले राम्रो आम्दानी गर्न सफल भएका हुँन् । जनतालाई व्यवसायिक रुपमा अगाडी बढाएर अर्थतन्त्रको हिसावले राम्रो गर्न सके मात्र त्यहाँको समाज बलियो हुँने राजनीतिक विश्लेषक गगनबहादुर खड्काले बताउनुभयो । उहँले भन्नुभयो , “ जनताको जीवन स्तर बदल्नका लागि जुन नलगाड नगरपालिकाले योजना बनाएर काम गरीरहेको छ , त्यसै गरी अन्य स्थानीय तहले पनि सिको गरी जनताको जीवन स्तर माथी उठाए जिल्लाका सवै नागरिकहरु आर्थिक रुपमा बलियो हुँने कुरामा दुई मत छैन् । ”








