पश्चिम सल्लीबजारमा उर्जा मन्त्री पुनलाइ भव्य स्वागत ३ वर्ष भित्रमा सल्यान पुर्ण बिधुतिकारण हुने भनाइ


इन्द्र बुढाथोकी , सल्यान । पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन ।
बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेकपा नगर पार्टी लगाएत स्थानीयले भव्य स्वागत गरेका छन । स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले अबको ३ वर्षमा नेपाल पुर्ण रुपमा बिधुती करण हुने र त्यसमा सल्यान पनि पर्ने बताएका छन ।
भेरी करि डोरमा विकासको अवस्था बुझ्न र भेटघाटको लागि आफुहरु आएको र अब भेरी करिडोर अन्तर्गतका फाटहरुमा लिफ्ट, सतह, एकीकृत सिचाइको योजना बनाए र भेरी किनारका फाटहरुमा सिचाइको व्यवस्था गर्ने बताएका छन । । सल्यानको विधुतिकरणको लागि गत वर्ष १८ करोड बिनियोजन गरेको र अब नेपाल भरी पुर्ण रुपमा बिधुतिकारण गर्नेको लागि एसियान इन्भेस्टमेन्ट डेभलपमेन्ट बैक (AIIB) १२ अरब रिण साहेताको लागि पहल गरिरहेको बताएका छन । साथै यस क्षेत्रबाट डोल्पा हुँदै चीन सम्म सडक पुर्याउन सरकार लागिरहेको समेत बताएका छन ।
पहाडका बस्तिहरुमा पनि विकासको सम्भावना बढदै गएकाले अब बसाइँसराइ गरेर तराई झर्ने समस्या अन्त्य हुने बताएका छन । समृद्ध नेपाल सुझी नेपाली बनाउने योजना अगाडि बढाएको समेत बताएका छन । आफुलाइ स्वागत गरेकोमा मन्त्री पुनले धन्यवाद समेत व्यक्त गरेका छन ।
स्वागत कार्यक्रम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री राजनीति सल्लाहकार भिमप्रकाश शर्मा, नेपाल सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, नेता रमेश मल्ल लगाएतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगर पार्टी अध्यक्ष किर्ती बहादुर रानाले गर्नुभएको थियो ।










