निर्दोस दलित युवाले न्याय खोज्दा , बिप्लब कार्यकर्ता भन्दै ९ दिन हिरासतको बास

कालीबहादुर नेपाली, जाजरकोट । संस्कार बदलियो , समाज बदलियो, संरचना बदलियो , निति , नियम, कानुन बदलियो तर यहाँ हाम्रा नियत र सोचाइ बदलिएन ।

नेपालको एक चौंथाई जनसंख्या ओगटेका दलित समुदाय माथी अहिले पनि यहीँ नबदलिएको सोचाइले होला जात कै आधारमा धेरै दलित समुदायका ब्यक्तिहरुले ज्यान गुमाउनु परेको छ ।
धेरै दिदिबहिनी धारा, पधेरा र सार्बजनिक स्थलमा बन्चित र अपमानित हुनु परेको छ । आफैंले भोट दिएर जिताएका मेयर , उपमेयरबाट समेत कार्यलय मै कहिले पानी धारा छोयो भनी कुट्ने कहिले दलित महिला जनप्रतिनिधिलाई छुवाछूत गर्ने घटना नघटेका भने पक्कै होइनन् । स्थानीय निर्वाचनमा समेत दलितलाई नेता बनाए नमस्कार गर्नु पर्छ भन्दै टिकट नदिएका र नपाएका धेरै उदाहरण छन् ।
यस्तै एउटा उदाहरण र चलचित्र पर्दाको कथा जस्तो घटनाको यथार्थ पात्र बनेका छन् रुकुमका गोबिन्द बिक । सामान्य परिवार , सानो बच्चा अनि जिबनसंगिनी घरमै कुटो(कोदालो गरि बसेका एउटा २६ बर्षका युवक उनले भोगेको पीडा , उनलाई लागेको निकाल्नै नसक्ने बिष यही एउटा दलित युवाको यो पीडा र अन्याय यसरी सुरु हुन्छ ‘ रुकुम चौरजहारी नगरपालिकाका वडा अध्यक्ष लालबहादुर बुढाथोकीले रुकुमकै स्थानीय दलित युवा गोबिन्द बिकलाई सामुदायिक बन जिल्ला बन कार्यलयमा दर्ता गर्ने विषयकमा छलफल हुँदा गोबिन्द बिकले समितिमा बस्छु भने पछि बिबाद बढेको थियोे ।
सोही विषयलाई लिएर वडा अध्यक्षले स्थानीय नेताहरू कै सामु वडा कार्यलय भित्रै दुई चट्कन डुम भन्दै हाने पछि एकोहोरो कुटदै बाहिरसम्म हुत्याएका थिए । घटना असोज ५ गतेको भए पनि गत असोज १९ गते ईलाका प्रहरी कार्यलय चौरजहारीमा आफू माथी जातीय विभेद र अमानवीय व्यबहार , कुटपिट गरेको भन्दै उजुरी हाले पछि मात्र घटना सार्बजनिक भएको थियोे ।

पीडितले ईलाका प्रहरी कार्यलयमा उजुरी हाले पनि न्याय पाउन सकेनन् आफु माथी यति ठुलो घटना वडा अध्यक्षले नै घटाउदा केही प्रभाबशाली नेताहरुले नै उनलाई धम्की दिएका थिए , मुद्दा दर्ता गरिस् भने ज्यानको माया होला क्यारे भनी धम्काएका थिए । उनी आफ्नै दलित समुदायबाट पनि सहयोग पाउन सकेनन् , पार्टी र बिभिन्न तबरबाट आफ्नै समुदायका ब्यक्तिहरु पनि उतै लागे पछी छुवाछूतको जाहेरी दर्ता गर्न सक्ने अबस्था बनेन्। जुन कुरा पीडितले मिडियामा सार्बजनिक गरेका थिए ।

 विभिन्न नम्बरबाट फोन गर्दै यो घटना अघि नबढाउन धम्की आए पछी आफ्नो ज्यान सुरक्षा र न्यायको खातिर गोबिन्द बिकले गत असोज ३० गते काठमाडौको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका थिए । एकोहोरो केही नेताका धम्की र वडा अध्यक्षले मलाई बिप्लब पार्टीको मान्छे हो यसलाई थुन्नु पर्छ भनी प्रशासनमा भनेका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले आफू बिप्लब पार्टीको कुनै कार्यकर्ता र समर्थक समेत नभएको बताए । आफू लामो समय देखी नेकपा माओवादी पार्टीमा रहेको र अहिले पनि सोही पार्टीको वाइसीएल ईलाका सचिब रहेको बताए । आफू माथी निराधार आरोप लगाएर यो मुद्दालाई साम्य बनाउन म माथी रचिएको योजना मात्र हो ।

आफुले नै लालबहादुर बुढाथोकीलाई वडा अध्यक्षमा जिताउन ठुलो भुमिका खेलेको भन्दै दलित कै भोटले वडा अध्यक्ष जितेको अध्यक्षले आज दलित डुम, भन्दै सार्वजनिक ठाउँमा कुटपिट गरेको घटना समान्य नभई सिङ्गो दलित समुदायलाई नै विभेद गरेको हुँदा कानुनी रूपमा सजाय पाउनु पर्छ भनी पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलन पछि रुकुम गएर वडा अध्यक्ष विरुद्ध जातीय छुवाछूतको मुद्दा दायर गर्ने भनी हिडेका गोबिन्द बिकलाई सोही दिन करिब सात बजे तिर मध्यबिन्दु नगरपालिका कावसेती धारेसिमलबाट प्रहरीले बिप्लब पार्टीको कार्यकर्ता भएर चन्दा , आतंक , दादागिरी गरेको भन्दै गिरफ्तार गरेको थियोे ।
गिरफ्तार पछी जिल्ला प्रहरी कार्यलय नबलपुरमा राखी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियोे ।

हिरासतमा ९ दिन राखे पछि गोबिन्द बिक कुनै पनि चन्दा , आतंक र दादागिरी नगरेको र बिप्लब कार्यकर्ता नभएको अनुसन्धानमा देखिए पछि जिल्ला प्रहरी कार्यलय नबलपुरले असोज ८ गते रिहाई गर्यो । यता वडा अध्यक्ष लालबहादुर बुढाथोकीले भने गोबिन्द बिकले काठमाडौमा पत्रकार सम्मेलन गरेको दिन असोज ३० गते नै प्रेस बिज्ञप्ति जारी गर्दै गोबिन्द बिकले बिप्लब पार्टी भन्दै एकलाख चन्दा मागेको र ज्यान मार्ने धम्की दिएको भन्दै मिडियालाई भ्रममा नपर्न अनुरोध गरेका थिए ।

सुन्दा कथा जस्तो लाग्ने भोग्नेको लागि कहिले निको नहुने गरि दुख्ने जातीय विभेद र छुवाछूतबाट पीडित गोबिन्द बिकका यी पिडा आफै भोट दिएर जिताएका वडा अध्यक्षबाट दलित भन्दै कुटाई , सामाजिक रूपमा अपमानित हुनु , न्याय पाउन नसके पछि न्यायको लागी पत्रकार सम्मेलन गरी मुख खोल्दा आतंककारी भन्दै प्रहरी हिरासतमा ९ दिन बन्द हुनुपर्ने ? अनि मात्र उ निर्दोष हुनु ?
के अब गोबिन्द बिकले आफू माथी भएको जातीय विभेद विरुद्ध फेरी आवाज उठाउछ्न् त ? उठाउन सक्छन् त ? गोविन्दले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको न्यायिक समितीमा न्यायका लागि उजुरी दर्ता गरेको जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!