कृषकलाई बिउँमा आत्मनिर्भर बनाउन मुल बिउँ वितरण

हेमन्त केसी

जाजरकोट , उत्पादन बढाई कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिई माटो जाँच गरेको भेरी नगरपालिकाले गहुँको मुल बिउँ वितरण गरेको छ ।

जिल्लामा माटो सुहाउदो विउँ नरोप्दा वर्षेनी उत्पादन घटीरहेको समयमा भेरी नगरपालिको यो कदम बाट कृषकहरु खुसी भएका छन् । २६ जना किसानलाई विउँ उत्पादन गर्न मुल बिउँ वितरण गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । भेरी नगरपालिका –१ कालेगाउँको त्रिवेणी कृषक समुह मार्फत मुल बिउँ वितरण गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख घर्तीले भन्नुभयो , “ ठिमाह बिउँबाट उत्पादनमा गिरावट आएपछि जिल्लाभर विउँ सहज रुपमा उपलव्ध होस भनि यो कार्यको थालनी गरिएको छ , पक्कैपनि कृषक दाजुभाई,दिदीवैनीले यसको फाईदा उठाउनुहुनेछ ।” ६ क्वीन्टल गहुँ मुल बिउँ वितरण गरी पहिलो चरणमा सिकाई गरिने छ । ७५ प्रतिशत अनुदानमा बिउँ भएकोले खुसी भएको समुहका सचिव दलबहादुर खत्रीले बताउनुभयो । ५ हेक्टर जमिनमा लगाएर विउँ उत्पादन गरिने खत्रीले बताउनुभयो । त्यस्तै नगरपालिकाले हाईव्रिड ( वर्णशंकर जात) तरकारी विउँ वितरण गरेको छ ।

नगरपालिले ईवर, काँसतारा, मटेला , कालेगाउँ, पिपे , बुहुँनथाना लगाएतका ठाउँमा व्यवसायिक रुपमा तरकारी खेती गरेका कृषकहरुलाइ हाईव्रिड जातको काउली, बन्दा र टमाटरको बिउँ वितरण गरेको भेरी नगरपालिका कृषि शाखाका भोला खत्रीले जानकारी दिनुभयो । त्यस्तै करेशावारीमा मात्र तरकारी लगाउदै आएका कृषकहरुका लागि उन्नत जातको काउली, बन्दा , टमाटर बिउँ    निशुल्क वितरण गरिएको खत्रीको भनाई छ ।

माटो सुहाउदो विउँ वितरण ः नगरप्रमुख घर्ती
कृषकहरुका मागलाई सम्वाधन गर्नका लागि हामीले पुर्वधारको कामलाई समेत सँगसँगै लिएका छौँ भेरी नगरपालिकाल नगरप्रमुख चन्द्रप्रकास घर्तीले भन्नुभयो , “ संघ, संस्था र अन्य सरोकारवाला सँग मिलेर भेरी नगरपालिकाका तरकारीका पकेट क्षेत्र रहेका ठाउँमा भौतिक पुर्वधारका काम समेत सुरु भएका छन् । ”

गाउँमा तरकारी उत्पादन गरेर विक्री वितरणमा समस्य भएको कृषकहरुको गुनासो सम्वोधन गर्नका लागि सडक , सिंचाई र औषधी लगाएका कार्यहरु गदै आएको उहाँले बताउनुभयो । जिल्लाको सवै भन्दा बढी भेरी नगरपालिकामा कृषी जन्य वस्तु उत्पादन हुँने गर्दछ । यहाँको तरकारी जिल्लाका सवै ठाउँमा पुग्नुका साथै सुर्खेत , नेपालगन्ज समेत लिने गरिदै आएको छ ।

मुल बिउँ वितरणमा भेरी नगरपालिकाका उपमेयर भावना भण्डारी खटिनुभएको थियो । कृषकको जीवन स्तर बदल्न सके मात्र सवैको संमृद्धी आउने उहाँको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!