भेरी करिडोरमा १५ पुल निर्माण हुँदै ः मन्त्री बस्नेत


हेमन्त केसी

जाजरकोट , भेरी करिडोर अन्तरर्गत जाजरकोट – डोल्पा सडक खण्डमा १५ पुल निर्माणका हुँने भएका छन् । सवै पुलको डिजाईन स्टामेटको काम पुरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुँन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भन्नुभयो , “ हामी डिजाईन लागतको अनुमान दुई महिना भित्र पुरा गरेर सवै पुल निर्माणको चरणमा पुगेका छौँ । ” गृह जिल्ला जाजरकोट आउनुभएका मन्त्री बस्नेतले जाजरकोट खण्ड भित्र रहेका ८ वटा पुल र डोल्पा खण्डका ७ पुल निर्माण कार्य यसै आर्थिक वर्षबाट सुरु हुँने बताउनुभएको हो । सार्वजानिक खरिद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको वोलपत्र आवह्वानका साथै रिम्ना सम्मको सडकमा स्तरउन्नतीको काम रद्ध भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष सवै काम हुँने बताउनुभयो ।

जाजरकोट खण्डको झुर्मेखोला , नलगाड नदी , खोलेखेत, साप्नेखेत, खमाउरीखोला , त्रात्रगाड, तासुँगाड, तल्लुस्थित भेरी नदीको पुल निर्माण हुँने छन् । त्यस्तै डोल्पा खण्डमा रिजिगार खोला , उसुम खोला ,करवगाड खोला , भेरी नदी खदाङ , खदाङ खोला , छलगाड खोला , त्रिपुरासुन्दरी भेरी नदीमा पुुल निर्माणका लागि सड़क बिभाग पुल महाशाखाले पहल थालेको हो ।

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यसायीले नै समस्यमा पारेको उहाँको भनाई छ । मुल ठेकेदराले कामको जिम्मेवारी लिने पछि कामको जिम्म साना निर्माण व्यवसायीलाई दिने अनि उहाँबाट काम नहुँने मात्र होईन वषौदेखि झुलाईदिने कार्यले समस्य आएको मन्त्रीको भनाई छ । विकास निर्माणका काममा अवरोध नगर्न (नेकपा)कै कार्यक्रता भएपनि नगर्न उहाँले आग्रह गर्नुभयो ।

यदी अवरोध भए त्यो स्वीकार्य नहुँने उहाँको भनाई छ । दुनै सम्म सडकको ट्याक खोल्ने काम पुरा भएकोले दुनैबाट – मरिम्ला सडक खण्डको निर्माणका लागि पनि यसै वर्ष देखि काम गर्ने छलफल सुरु भएको पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । उहाँले भन्नुभयो , “भेरी करिडोरमा पुल निर्माण सँगै यो वर्ष हुँने वोलपत्र आवह्वान कालेगाउँ देखि रिम्ना हुँदै तल्लु सम्म हुँने भएकाले बहुँवर्षीय ठेक्का मार्फत सडक निर्माणको काम हुँने उहाँको भनाई छ । यसै आर्थिक वर्ष देखि नै त्रिवेणी देखि – ईल सम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पुरा भएकाले सडक निर्माण कार्य सुरु हुँने पहाडीले बताउनुभयो ।

प्रदेशसरकार र सङ्घीय सरकार मार्फत सँयूक्त रुपमा वजेट बिनियोजन भएकाले यहाँ काम हुँन लागेको हो । जगदुल्ला हाईडा«ेपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्ला हाईडा«ेपावरको मुआव्जा वितरणको काम सुरु भएको छ । सडकको स्तरउन्नतीको काम नै पहिलो विकासको आधार भएकाले हाम्रो ध्यान त्यता तीर लागेको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताउनुभयो ।

डोल्पा विकास गर्नका लागि सडक स्तरउन्नतीको पहिलो काम भएको भन्दै शाहीले भन्नुभयो , “ हामी माथेल्लो जाजरकोट र डोल्पाका भागमा सोचेको जस्तो पुर्वधार देखि अन्य काम गर्न सडक नै बाधक देखिएकाले अव हाम्रो पहिलो काम सडक नै भएको छ । ” पैसाको खोला मात्र बगाएर विकास नहुँने भएकोले विकासमा अनुशासन र पारदर्शीता जरुरी भएको समेत उहाँले बताउनुभयो ।





error: Content is protected !!