बेली व्रिज निर्माणका लागि पहल

जाजरकोट , जाजरकोट डोल्पा सडक खण्ड अन्तरर्गत डोल्पा खण्डमा रहेका खोलामा बेलीव्रिज निर्माणका लागि पहल सुरु भएको छ ।
रिजिगार खोला , उसुम खोला ,करवगाड खोला , भेरी नदी खदाग , खदाग खोला , छलगाड खोला , त्रिपुरासुन्दरी भेरी नदीमा पुुल निर्माणका लागि पहल सुरु भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जानकारी दिनुभयो । सड़क बिभाग पुल महाशाखा, चौरजहारी सडक डिभिजन सँग छलफल भएको उहाँले बताउनुभयो ।
जिल्लामा पुल नहुँदा यात्रामा असहज भएको भन्दै गुनासो बढेपछि सरोकारवाला निकायसँग छलफल भएको उहाँको भनाई छ । आज नै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरमा पुल निर्माणका लागि डिपिआरको काम भईरहेकोले एकै पटक पुल निर्माणका काम सुरु हुँने बताउनुभएको छ ।








