कौशिलखोला पीडितले पाउने भए सौर्य उर्जा

जाजरकोट , (रासस)ः गत असार दुई गते आएको बाढी ,पहिरोबाट जनधनको क्षति वेहोरेका डोल्पा मुड्केचुला गाउँपालिका १,२ र३ का स्थानीयलाई सौर्य उर्जा वितरणको तयारी भएको छ ।
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट यहाँका ३५० घरधुरीलाई सौयै उर्जा वितरण गर्न लागिएको हो । पहिरोका कारण कौशिलखोला लद्युजलविद्युत आयोजना क्षतिग्रस्त भएपछि यहाँका स्थानीयलाई केन्द्र मार्फत प्रत्येक घरधुरीलाई १ वटा पर्ने गरी आज केन्द्र मार्फत जिल्ला समन्वय समिति डोल्पाले बुझेर पीडितलाई हस्तान्तरण गर्न लागिएको प्रतिनिधीसभा सदस्य सत्य पहाडीले जानकारी दिनुभयो । पीडित स्थानीयवासी जनताले अध्यारोमा वस्न बाध्य भएको भनि वडा कार्यालय हुँदै जिल्ला प्रशासन र समन्वय समितिमा निवेदन दिएका थिए ।
सो माग पुर्ती गर्न आज वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा बीच लिखित सम्झौता भई उर्जा मन्त्री वर्षमान पुनले समन्वय समितिका प्रमुख बुढालाई हस्तान्तरण गर्नुभएको पहाडीले बताउनुभयो ।










