दैलेखमा पेट्रोलियम पदार्थ : चिनियाँ टोलीले थाल्यो ‘साइस्मिक’ सर्भे

दैलेख : दैलेखमा पेट्रोलियम पर्दाथ अन्वेषणका लागि ‘साइस्मिक’ सर्भे गरिने भएको छ।

चिनियाँ प्राविधिक टोलीले पेट्रोलिय पदार्थको बढी सम्भावना रहेको क्षेत्र शिरिस्था, नाभिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ‘साइस्मिक’ सर्भे गर्न लागेको हो। खानी तथा भूर्गभ विभागका भूर्गभविद् गणेश त्रिपाठीले दैलेखमा पेट्रोलियम पर्दाथ अन्वेषणको साइस्मिक सर्भे सुरु गर्न लागिएको बताए। चीनबाट पेट्रोलियम पदार्थ अन्वेषण गर्नका लागि प्राविधिकको चार टोली दैलेख आएको भूर्गभविद् त्रिपाठीले बताए।

चार टोलीमध्ये पहिलो टोलीले सर्भे गर्ने र आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ। त्यसैगरी, दोस्रो टोलीले जिओलोजिकल सर्भे गर्ने र जमिनको सतह मूनिको अवस्थाका विषयमा अनुसन्धान गर्नेछ। तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरू मगाउने छ भने चौथो टोलीले जमिन मूनिको सतह कस्तो अवस्थामा छ भनेर ‘साइस्मिक’ सर्भे गर्ने त्रिपाठीले बताए। यसका लागि लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक अन्वेषण टोलीले क्याम्प निर्माण गरेर बसेको छ।

नेपाल सरकार खानी तथा भूर्गभ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच पेट्रोलियम पदार्थ अन्वेषणको सम्झौता भएको थियो। चाइना जिओलोजिकल सर्भे र नेपाल सरकारको खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २ अर्ब ४० करोडको सम्झौता भएको हो।

कामदारको माग साइस्मिक सुरु गर्नका लागि त्रिवेणी ओभरसिज प्रालिले दक्ष तथा अदक्ष गरी ८३ पदमा आवश्यक कामदारको माग गरेको छ। अदक्ष कामदार ५० जनाको माग गरिएको छ। सबै कामदार जिल्लाभित्रकै राखिने कम्पनीले जनाएको छ।

पहिलो पटकाका लागि अदक्ष कामदार ५० जना, डिलर १० जना, सुटर ५ जना, टावल सुटर ५ जना, जिपिएस अपरेटर ५ जना, सर्भेयर ६ जना, ड्रिलिङ फोरम्यान १ जना, लाइन फोरम्यान १ जना गरी ८३ जना दक्ष तथा अदक्ष कामदारको माग गरिएको त्रिवेणी ओभरसिज प्रालिका म्यानेजर सूर्यमणी लामिछानेले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!