एकसय पन्ध घरधुरीको एक पानीधारा

जाजरकोट , त्रिपुरासुन्दरी नगरपालिका –२ रसी डोल्पाका जुनराज रोकाय खानेपानीको समस्य भएको गुनासो सुनाउन लागेको १५ वर्ष वित्यो ।
स्थानीय सिमखोलाको पानी खाईरहेका रोकाय अहिले त्यहाँ पानी सक्न थालेपछि चिन्तित भएका छन् । स्थानीय सरकार देखि सवै नेता सँग पानीको गुहार माग्दा सम्म पानीको लागि सुनुवाई नभएपछि रोकायलाई सवै देखि दिक्क लागीसकेको छ ।
सुक्खा डाडामा रहेको तीन वटा गाउँका करिव ११५ घरधुरी दैनिक खानेपानीको समस्यमा रहेको उहाँले बताउनुभयो । रोकायले भन्नुभयो , “हामीले भोट माग्न आएका नेता देखि भोटबाट विजयी भई जनप्रतिनिधी सम्म भएका सजैलाई खोनेपानीको समस्य समाधान छिटो गर्न अनुरोध गरेका छौँ तर सुनुवाई हुँदैन । ”
बढ्दो वन विनास र भिरालो जमिन भएको रसी गाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता रहेको थियो , अहिले सोही खोलाको पानी समेत सक्दा तीन गाउँका स्थानीय पानीकाृ चरम समस्यमा परेको अर्का स्थानीय दत्ते रोकायले बताउनुभयो । उहाँले भन्नुभयो , “रसिमा डाँडागाउँ, गुम्बा र माझगाउँका १ सय १५ भन्दा बढी घरधुरीका हामी खानेपानीको समस्या झेल्नु परेको छ , मानिसले पानी पिउन समस्य छ भने पशुचौपायलाई कसरी बोकेर पानी पिलाउनु ? शौचालय देखि खेतबारीमा सिंचाईका कुरा त धेरै टाढाको कुरो भईहाल्यो । ”
सवै गाउँको संयुक्त १ वटा खानेपानीको धारा छ । दिनभरी सोही धारामा मानिसको लाईनले गर्दा पालो कुर्दा कुर्दा घण्टौ समय लाग्ने गरेको उहाँको भनाई छ । भुगोलका हिसावले निकै दुर्गम मानिएको यहाँ पानीकै कारण स्थानीयवासीहरु चिन्तित भएका छन् । पिउने पानीकै समस्य हुँने ठाउँका कसरी अन्य काम गर्नु यहाँका स्थानीयको प्रश्न छ । त्रिपुरासुन्दरी नगरपालिकाले वस्ती स्तरको योजना छान्दा आफ्नो गाउँको खानेपानी वषौदेखि छुटाउदै आएको स्थानीयको आरोप छ ।
खानेपानीकै अभावका कारण गाउँलेहरुले बसाई नै सार्ने अवस्थामा पुगेको अर्का माझगाउँका पवित्रा रोकायले बताउनुभयो । उहाँले भन्नुभयो , “ लोग्ने मान्छे भन्दा महिला मान्छेले घरको काम गर्नुपर्छ , पानी ल्याउने हामी हो , त्यसैले गर्दा कति दुख छन् भन्ने कुरा तपाईहरुलाई के थाहा ? तपाईहरु वोतलको पानी झोलामा राखेर आउनुभएको छ , हामी भने त्यही पानी खोलाबाट ल्याउन घण्टा समय लाग्छ । ”
कसैले पानीको समस्य बारे कुरा उठाउदा पनि नसुनेको भन्दै उहाँले आक्रोष पोख्दै भन्नुभयो , “ जो आएपनि पानीको लागि काम गर्छु भन्छन् तर काम गर्ने कोही होईन्न । ” यत्ता त्रिपुरासुन्दरी नगरपालिकाका निर्मित प्रशासकीय प्रमुख हिराचन्द्र धरालाले भन्नुभयो , “ नजिक पानीको मुहान नहुँनु र भएको मुहानमा पानीको स्रोत नहुँदा समस्य भएको छ , अहिले भएको पानीको मुहान पनि ५ किलोमिटर टाढा रहेको छ । ”
नगरपालिकाको बजेटबाट सो ठाउँमा खानेपानी ल्याउन नसकिने अवस्था छ , वर्षायामको पानी भरमा त्यहाँको गाउँ चलेको भन्दै उहाँले थप्नुभयो , “ हामीले सो ठाउँमा पानीको माग पुर्ती गर्न चाहेर पनि सकिएरहेका छैनौं , अन्य ठाउँमा पनि त्यस्तै छ , बजेट बढी आएको भए काम गर्न हुन्थ्यो ।”
हेमन्त केसी










