यी हुन् सम्भावित प्रदेश प्रमुख

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आइतबार विभिन्न व्यक्तिका नाममा छलफल भएको छ । प्रदेश प्रमुखको नाम टुंगो लगाउन भोलि बिहान ९ बजे नेकपाको सचिवालय बैठक बस्ने छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा आइतबार नै नाम टुंगो लगाउने तयारी थियो । ओली र प्रचण्डले सोमनाथ प्यासी, तिलक परियार, धर्मनाथ यादवलगायतको नाम प्रदेश प्रमुखका लागि बैठकमा प्रस्ताव गरेका थिए ।

त्यस्तै शर्मिला त्रिपाठी, अमिक शेरचन, खेमराज भट्ट मायालु, केशव बडाल, अमृतकुमार बोहरा, महेन्द्रबहादुर पाण्डेको नाम पनि सचिवालय बैठकमा प्रस्तुत भएको स्रोतले जनाएको छ । प्यासी, परियार र यादवको नाममा भने लगभग सहमति भैसकेको स्रोतको दावी छ ।

भोलि बिहान बस्ने सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बसेर नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले सिफारिस गर्ने एक सचिवालय सदस्यले जानकारी दिए । नेकपा नेता शेरचनले भने सक्रिय राजनीति गर्ने इच्छा रहेको नेताहरुलाई बताएका छन् ।

नेकपामा सहमति नभएपछि नेकपा सचिवालय बैठक लगत्तै नयाँ प्रदेश प्रमुखमा नियुक्तीको सिफारिस गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक अनौपचारिकमा सीमित भएको थियो । नेताहरुले नाम थप्ने क्रम चलिरहेकाले भोलि बिहान बस्ने बैठकले ७ जनाको नाम टुंगो लगाउने ती सचिवालय सदस्यले जानकारी दिए नागरिक खवरमा छापिएको छ।

सम्बन्धित समाचार

error: Content is protected !!