ज्यानमारा बन्दै सडक ः देवतालाई भाकल गरेर यात्रा गर्दै यात्रुहरु

हेमन्त केसी
जाजरकोट , जाजरकोट – डोल्पा सडक खण्डको गत मंसिर ४ मा ठुलै उद्घाटन भयो , तर यस सडक खण्ड भित्र चल्ने यातायातका साधनमा यात्रा गर्ने यात्रुहरु जीवन र मरणको दोसाधमा रहेर यात्रा गर्न बाध्य छन् ।

११७ किलोमिटर सडक खण्ड भित्र एकलाईन पनि सडक छैन् । कच्ची सडक , धुलामे बाटो ठाउँ , ठाउँमा भारी चट्टानका कारण यो बाटोमा यात्रा गर्दा जो कोही भगवानलाई पुकारेर यात्रा गर्ने गरेको डोल्पा ठुलिभेरी नगरपालिका – २ का कुम्ली आधारभुत विद्यालयमा शिक्षक जयकृष्ण हमालले बताए । सडक खण्डको बीच , बीचमा रहेको भेरी नदीमा पुल नहुँदा आफु भन्दा बढी तौलका भारीहरु बोक्नुपर्ने बाध्यता रहेको अर्को तीर रहेको छ ।
जाजरकोट सदरमुकामबाट १६ किलोमिटर दुरीमा रहेको रिम्ना सम्म सडक निर्माण भएको ७ वर्ष भन्दा बढी भएपनि अहिले सम्म स्तरउन्नती हुँन सकेको छैन् । सेनाले ट्याक औपन गरेको यो सडकको स्तरउन्नती नहुँदा जो कोही पनि यात्रा गर्दा घरमा देवी , देवतालाई धजा लगाएर ( भाकल ) गरेर मात्र यात्रा गर्नुपर्ने अवस्था रहेको नलगाड नगरपालिका – पंञ्च भयार माविका शिक्षक बीरबहादुर खत्रीले बताए । अहिले नलगाड नदी दल्ली , तल्लु र अनाह बीचमा भेरी नदी , करपगाड पुल , खदाङ स्थित भेरी नदीमा पुल , छलगाडमा पुल , त्रिपुराकोटमा भेरी नदीमा पुल र रुपगाडमा पुल निर्माण हुँन अझै बाँकी रहेको छ ।

दोहोरो जीप नै चल्ने अवस्था नभएको यो सडकमा चालक अनुमती पत्र समेत नभएका अधिकांश चालकले सवारी साधन चलाउने गर्दछन् । बीच बीचमा प्रहरी चौकी नहुँदा यात्रुहरुलाई जहाँसुकै ठाउँमा पनि दुव्र्यहार हुँने गरेको खत्रीले बाए । भारत रोपैडिया हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत बाट सल्यान हुँदै जाजरकोट बाट रुकुम , डोल्पा हुँदै चाईने जोड्ने यो सडक स्तरउन्नतीका लागि जती गफ दिएपनि भनेको समयमा नहुँदा यात्रुहरु सरकारले जिस्क्याएको बताउन थालेका छन् । गाडी चढेर यात्रा भन्दा पनि ठाउँ , ठाउँमा जीप थकेलेर यात्रा गर्दा यात्रा नै नगरेको भए हुँने भन्ने निष्कर्णमा पुग्ने गरेको मुड्केचुला – ६ का सिंहराज शाहीले बताए ।

पटक , पटक मन्त्री देखि सांसदहरुले बाटो स्तरउन्नतीको लागि निकै गफ दिने गरेको स्थानीयको आरोप छ । कहिले बाटोमा विपरित दिशाबाट आईरहेको सवारी साधानलाई साईट दिन समेत बाटो नपुग्दा दैनिक हैरान समेत हुँने गरेको छ । सेनाबाट सरकारले जिम्म लिईसकेको यो सडकमा आधा दर्जन दुर्घटना समेत भईसकको छ । सडकको समयमै स्तरउन्नती नहुँने हो भने यहाँ यात्रा गर्ने धेरै यात्रुले अकाल्मै ज्यान जाने निश्चित छ ।

नेपालगञ्ज बाट डोल्पा जहाजमा जाँदा लाग्ने भाडा र नेपालगञ्जबाट डोल्पाजाने जीप भाडा बरावर लाग्ने गरेको छ ।
प्रत्येक वर्ष सडक स्तरउन्नतीको चुनावी नारा ? प्रत्येक पल्ट हुँने चुनावी नारा र नेताको हवाई भ्रमणमा स्तरउन्नतीको कुरा उठेपनि कुरामा मात्र सिमित हूँने गरेको छ । नेता हेलिकोप्टर , जहाजमा जनताहरु जोखिमपुर्ण बाटोमा धुलामे बन्दै वर्षेनी हिडेपछि अहिले विश्वास नै लाग्न छाडेको स्थानीयको भनाई छ ।










