कर्णाली प्रदेशका कार्यालय डोल्पा विस्तार

डोल्पा, बजेट खर्च गर्न नसकेर नतिजा आउन नसकेको आरोप लागिरहदा कर्णाली प्रदेश सरकार आफ्नो पहुँच विस्तार गदै आएको छ ।

प्रदेशका १० वटा जिल्लामा आफ्ना मताहातका कार्यालय विस्तार गर्ने क्रम्म डोल्पामा पनि कार्यालय स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतले डोल्पा जिल्लामा शिक्षा, सामाजिक विकास, मुख्यमन्त्री रोजगार लगायतका काम गर्न सामाजिक विकास कार्यलय स्थापना गरेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा प्रशासन, युवा तथा खेलकुद, सामाजिक विकास, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, श्रम तथा रोजगार, मूल्यमन्त्री रोजगार कार्यक्रम लगायतका जिल्लामा काम गर्नका लागि मन्त्रालयले गत भदौं ६ गने निर्णय गरी जिल्ला जिल्लामा सामाजिक विकास कार्यालय राख्ने निर्णय गरे बमोजिम डोल्पामा सामाजिक विकास कार्यालय डोल्पाको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गनुभयो ।

प्रदेश सरकारबाट प्रदान गरीने शिक्षा लगायतका काम चुस्त दुरुस्त र छिटो छरितो सम्पन्न गरी नागरिकलाई सुशासन दिनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना भएको भएको सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख सामाजिक विकास अधिकृत धनञ्जय आचार्यले बताउनुभयो ।

तस्वीर ः जिल्ला प्रशाषण कार्यालय , डोल्पा




सम्बन्धित समाचार


error: Content is protected !!