सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहरहरू

द न्यूयोर्क टाइम्स
सन् २०५० मा भियतनामको हो चि मिन( पुरानो अनुमान ९बायाँ०, नयाँ अनुमान ९दायाँ०सन् २०५० मा भियतनामको हो चि मिन( पुरानो अनुमान बायाँ, नयाँ अनुमान दायाँ
समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ।
वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो।
एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष्कर्षअनुसार सन् २०५० सम्म संसारभरका १५ करोड मानिसको समुद्री सतह वृद्धिका कारण उठिबास हुनेछ।
विश्व मानचित्रबाट पूर्ण रूपमा नामेट हुने तटीय क्षेत्रमा भियतनामको दक्षिणी भूभाग प्रमुख छ।
आवरण तस्बिरमा देखाइएको पहिलो नक्साअनुसार सन् २०५० सम्म दक्षिणी भियतनामको तटीय क्षेत्र मात्र समुद्रीमुनि डुब्छ भन्ने अनुमान थियो। नयाँ स्याटलाइट नक्साअनुसार यो शताब्दीको मध्यसम्म दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको दक्षिणी भू–भाग लगभग पूर्ण रूपमा पानीमुनि हुनेछ।
यसले भियतनामका दुई करोडभन्दा बढी मानिस प्रभावित हुनेछन्। यो भनेको कुल जनसंख्याको एकचौथाइ हो। अहिले जमिनमा बसोबास गरिरहेका ती दुई करोडभन्दा बढी भियतनामीको घरखेत सबै विश्वनक्साबाट हराउनेछ।
भियतनामको आर्थिक केन्द्र हो ची मिन सहरको ठूलो भू–भागसमेत समुद्रमुनि डुब्ने अनुसन्धानले देखाएको छ।
अमेरिकाको न्यूजर्सीस्थित विश्व जलवायुमा काम गर्ने संगठन ‘क्लाइमेट सेन्ट्रल’ ले गरेको अनुसन्धानको निष्कर्ष ‘नेचर कम्युनिकेसन्स’ नामक जर्नलमा प्रकाशित छ। प्रभावित हुने प्रक्षेपण अहिलेको जनसंख्याका आधारमा गरिएको हो।










