कर्णालीमा १ हजार ३ सय २१ किलोमिटर सडक

सुर्खेत , विकासको महत्वपूर्ण पूर्वाधार सडकको उचित विकास नहुँदा कर्णालीका अधिकांश नागरिक सडकको पहुँचभन्दा बाहिर रहेका छन् ।
भौगोलिक क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश भएपनि कर्णाली प्रदेशभरी हालसम्म जम्मा एक हजार ती सय २१ किलोमिटर सडक मात्र विस्तार भएको हो । कति नागरिक सडक सञ्जालमा जोडिएका छन् भन्ने प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग यथेष्ट तथ्यांक समेत छैन । तर विकट भौगोलिक क्षेत्र र जनसंख्यालाई समेत हेर्दा अधिकांश नागरिकले सहजै सडक मार्गको प्रयोग गर्न पाएको देखिँदैन ।

संघीय संरचनअनुसार तीन तहका सरकार बनेको तीन वर्ष भइसक्दा समेत पूर्वाधार विकासको पहिलो आधारको रुपमा हेरिएको सडकको आवश्यकताअनुसारको विकास हुन सकेको छैन । कर्णाली प्रदेशले देशको करिब २२ प्रतिशत क्षेत्रफल ओगटेको छ । तर त्यसअनुसार सडक सञ्जाल बिस्तार हुन सकेको छैन ।
प्रदेशका दश जिल्लामध्ये हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन् भने अन्य जिल्लाहरु सडक सञ्जालमा जोडिएपनि स्तरोन्नतीको अभावमा सडकको अवस्था पनि नाजुक रहेको छ । डोल्पामा ६० किलोमिटर मात्रै सडक निर्माण भएको छ । प्रदेशमा बनेको जम्मा सडकमध्ये पनि ५९६।७७ किमि सडक मात्र कालोपत्रे रहेको छ । त्यस्तै, ६२ किमि सडक ग्राभेल र ५ सय ६२ दशमलव ६६ किमि धुले सडक रहेको छ ।
कर्णालीको सबैभन्दा बढी दैलेखमा दुई सय ७५ किलोमिटर र सबैभन्दा थोरै मुगुमा २८ किमिमात्र सडक विस्तार गरिएको छ । त्यस्तै, सुर्खेतमा दुई सय ६४ किमि, सल्यानमा एक सय ७५ किलोमिटर, रुकुममा सय ५८ किमि, जाजरकोटमा एक सय ५८ किलोमिटर र कालिकोटमा एक सय ६ किमि छ । यस्तै, जुम्ला ९६ किमि र हुम्लामा जिल्लाभित्रै ६० किमि सडक विस्तार भएको सरकारको तथ्यांकमा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारको भौतिक विकास मन्त्रालअन्र्तगतको पूर्वाधार निर्देशनालयकाअनुसार गत वर्षमा ९० प्रतिशत बजेट सडक पूर्वाधार निर्माणमा खर्च भएको छ । निर्देशनालयका ईञ्जिनियर प्रेमबहादुर पाण्डेले यो वर्ष २५ वटा क्रमागत सडकको काम अगाडी बढी रहेको बताए । त्यसमध्ये १३ वटा सडकको विस्तृत परियोजना अध्ययनका लागि काम सुरु भएको छ भने १२ वटाको बाँकी छ ।
आवश्यकताअनुसार सडक निर्माण नहुँदा यहाँका स्थानीय उत्पादनले अझै बजार पाएका छैन भने मानिसहरुलाई आउजाउ गर्न समस्या छ । अधिकांश जिल्लामा पालिकाको केन्द्रबाट सदरमुकाम जानका लागि मात्र सडक यातायातको प्रयोग गर्न सकिन्छ भने पालिकाभित्रका ठाउँमा आउजाउ गर्नका लागि पैदलै हिड्नुपर्ने अवस्था छ । पहिले बिक्री नभएर बोटमै कुहिने जुम्लाको स्याउले प्राय पालिकाको केन्द्रसम्म सडक पुग्दा बजार पाएको छ । जुम्ला चन्दननाथका धनमलविक अझै किसानको नजिकै सडक नपुग्दा उचित मुल्य नपाएको बताउँछन् ।
यस्तै सबै ठाउँमा सडक पुगेमा किसानले उत्पान गरेका वस्तुले बजार पाउने र उनीहरुको जिवनस्तर समेत माथि उठ्ने सरोकारवालाहरुको भनाइ छ । सडक नपुगेका ठाउँमा विस्तार गर्ने र बनेका ठाउँका सडकको स्तरोन्नती गर्नुपर्ने देखिएको छ । राष्ट्रिय तथ्यांकअनुसार सडक विकासका हिसाबले कर्णाली प्रदेश सबैभन्दा पछाडि रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!