छैन्न स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी ः सुत्केरी हुँन नसक्दा शाहीको ज्यान जोखिममा

जाजरकोट , १२ कात्तिकः दुई दिन देखि सुत्केरी वेथा लागेर बच्चा जन्मिन नसक्दा कुशे गाउँपालिका –८ की २४ वर्षीय सुष्मा शाही जीवन , मरणको दोसाधमा पुगेकी छिन् ।
स्वास्थ्य कार्यालयले असोज २६ गते सुत्केरी हुँने मिति दिएपनि सुत्केरी हुँने वेथा नलागेकी शाहीलाई सोमबार विहान देखि सुत्केरी हुँने बेथा लागेको थियो । सत्केरी बेथा लागे लगत्तै पैँक स्थित स्वास्थ्य संस्थामा खवर गरेपनि कोही पनि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्य भएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले जानकारी दिनुभयो ।
हिजो देखि यातायातका साधनहरु पनि नचलेको र स्वास्थ्यमा स्वास्थ्यकर्मी नहुँदा शाहीको ज्यान जोखिममा परेको स्थानीयवासी सुरज आरसीले बताउनुभयो । शाहीको पहिलो पटक सुत्केरी हुँदै छिन् । पैँकबाट सदरमुकाम आउन १ दिन लाग्ने गर्दछ ।










