देउसी भैलो मार्फत कर्णाली पहिचान झल्काउदै काठमाण्डौँमा

 लामो समयको कसरत पछि एकता प्रक्रियमा आई बहुमतका सरकार चलाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना बिभिन्न विभाग मार्फत जनताको घर दैलोमा भेटघाटलाई तिव्र पारेको छ ।

काठमाण्डौँमा रहेर कर्णालीको बारेमा चिन्ता गर्ने सरोकारवाला पक्षको उपस्थीतीमा दुई दिन देखि देउसी , भैली कार्यक्रम मार्फत जनभेटघाट देखि पाटीको मुल नेतृत्वको गृहमा गई खास कर्णालीको प्रस्तुती देखाउने काम भएको कर्णाली सम्पर्क समिति काठमाडौँका ईञ्चार्ज सत्य पहाडीले बताउनुभयो । १० वर्षे जनयूद्धमा जनताको घरदैलोमा न्याय र समानताका लागि लड्दा , लडदै जेल जीवन सम्म बिताएकी पहाडीकै नेतृत्वमा काठमाण्डौमा कर्णालीको मौलिक देउसी र भैली प्रर्दशन गरिएको छ ।

(नेकपा ) कर्णाली सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको देउसी , भैलो कार्यक्रम (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा समेत देखाएको छ । देउसी भैलो कार्यक्रममा बोल्दै (नेकपा)का अध्यक्ष प्रचण्डले बेला बेला हुने कर्णालीका कार्यक्रमले कर्णालीको परम्परा र सँस्कृतिको प्रचारमा महत्वपुर्ण टेवा पुग्ने बताउँनु भयो ।

कर्णालीको कला र सँस्कृतिको बचाइ राख्न पनि यस्ता कार्यक्रम भइराख्नु पर्ने सुझाव समेत दिईएको थियो । यस्तै कार्यक्रममा बोल्दै देउसी भैलो कार्यक्रमकी इञ्चार्ज सत्य पहाडीले पछाडी परेको कर्णाली क्षेत्रलाइ राष्ट्रिय मुल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले गरेको भुमिका प्रशंसनिय रहेको बताउँनु भयो ।


नेपाल बहुभाषी, बहुधर्म,बहुसँस्कृति र क्षेत्रीय विविधताले नेपाल र नेपालीको अमुल्य सम्पति रहेको भन्दै तिहार पनि एउटा नेपाली पन र नेपाली भावनालाइ जोड्ने महान चाड बनेको बताउँनुभयो । देउसीमा ईञ्चार्ज सत्य पहाडी , अध्यक्ष , पुर्ण मल्ल , सचिवालय सदस्य खुम्मलाल गौतम, प्रख्याद कलाकार नविन लगायत स्थानीय सहभागीता रहेको थियो । कार्यक्रम उर्जा मन्त्रीको निवासमा समेत देखाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!