परपुरुषसँग मिलेर श्रीमान् र देवरसहित तीन जनाको हत्या

बैतडी ः भारतको पिथौरागढमा तीन नेपालीको हत्यामा मृतककी श्रीमतीको संलग्नता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको पथौरागढमा बैतडीका तीन नेपाली मजदूरको हत्याको घटनामा मृतक हरे बोहराकी श्रीमती किर्राको संलग्नता रहेको आशंक भारतीय पुलिसले गरेको छ ।

अनुसन्धानमा संलग्न पुलिस अधिकारीले श्रीमतीले नै परपुरुषसँग मिलेर श्रीमान, देवर र अर्का एकजनाको हत्या गरेको बताएका छन् । महिला फरार छन् ।

लामो समयदेखि परपुरुषसँग शारीरिक सम्बन्धमा रहेको आशंकामा हरेले श्रीमतीलाई गाली गर्ने गरेको र किर्राले त्यसैको प्रतिशोधमा श्रीमानसहित तीनजनाको हत्या गरेको स्थानीय पुलिस अधिकारीले बताएका छन् ।

शुक्रबार धारिलो हतियार प्रयोग गरेर पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!